म्याक्डोनल्ड्समा महिला कामदारविरुद्ध यौन दुर्व्यवहारको आरोप


प्रकाशित मिति :2019-11-13 10:49:30

प्रसिद्ध रेस्टुराँ सञ्जाल म्याकडोनल्ड्सका अमेरिकी कामदारहरूले तयारी खाना विक्री गर्ने उक्त कम्पनीमा यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।

मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यसविरूद्ध बोल्दा जागिर जाने डर लागेको जिकिर गरेकी छन्।

वकिलहरूले त्यस्ता कैयौं घटना रहेको भन्दै म्याकडोनल्ड्समा काम गर्ने वातावरण माथिबाटै एकदमै खराब रहेको उल्लेख गरेका छन्।

ती आरोपबारे उक्त कम्पनीले कुनै पनि प्रतिक्रिया जनाएको छैन।

क्षतिपूर्ती

म्याकडोनल्ड्सकी पूर्व कामदार जेना राइसले मेसन मिचिगनमा रहेको एउटा रेस्टुराँका एक जना प्रबन्धकले बारम्बार यौन सम्बन्ध राख्न आफूसँग प्रस्ताव गरेको बताएकी छन्।

ती प्रबन्धकले आफ्ना संवेदनशील अंगहरूमा पटकपटक छोएको उल्लेख गरिन्।

वकिलहरूले उक्त रेस्टुराँ सञ्जालमा त्यस्तो दुर्व्यवहार खेप्ने जेना एक मात्र महिला नरहेको र त्यो उक्त कम्पनीभित्रको संस्कृति झल्काउने एउटा प्रतिनिधि घटनामात्रै भएको उल्लेख गरेका छन्।

उक्त कम्पनीले ५० लाख डलर क्षतिपूर्ती तिर्नुपर्ने माग गरिएको छ।

तालिम

अमेरिकामा मात्रै म्याकडोनल्ड्सका लगभग १४ हजार रेस्टुराँ छन्। तर निक्कै सानो सङ्ख्यामा मात्रै ती रेस्टुराँहरू कम्पनीको स्वामित्वमा छन्।

अधिकांशले उक्त “फ्रेन्चाइजको” नाम प्रयोग गर्न सम्झौता गरेर रेस्टुराँ सञ्चालन गरिरहेका छन्।

विगतदेखि नै म्याक्डोनल्ड्सले आफ्ना स्टोरसँग जोडिएका श्रमिकको अवस्थासँग जोडिएका विवादबाट आफूलाई अलग राख्ने गरेको छ।

गएको अगस्ट महिनामा उक्त कम्पनीले आफ्ना सबै रेस्टुराँमा दुर्व्यवहार विरूद्ध नयाँ तालिम सञ्चालन गरेको थियो । बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: