राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?


प्रकाशित मिति :2019-11-12 11:48:13

-महिला खबर-

ललितपुर । क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले असमान लैंगिक सहभागिता र प्रतिनिधित्व विश्वव्यापी चुनौती रहेको बताएकी छिन् ।

आज ललितपुरमा भएको ‘राजनीतिमा लैंगिक समानता र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपराजदूत केन्टले यस्तो बताएकी हुन् । सञ्चारिका समूह र क्यानेडियन राजदूतावासको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा बोल्दै उनले भनिन्, ‘राजनीतिमा विद्यमान लैंगिक असमानता हटाउन सञ्चार माध्यमको मुख्य भूमिका हुन्छ ।’

क्यानडामा हाल २९ प्रतिशत महिलाले संसदमा प्रतिनिधित्व गर्ने जानकारी दिँदै उनले भनिन्, ‘अघिल्लो पटकको भन्दा १० जना बढी महिला संसदमा प्रतिनिधित्व गर्छन् । तर, यो प्रतिनिधित्व सन्तोषजनक होइन ।’

केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन सोच परिवर्तन गर्न विचारको पुनर्ताजगी गर्न सक्ने पनि बताइन् ।

उनले लैंगिक समानता मानव अधिकार मात्रै नभएर विकासको सूचक पनि रहेको जनाउँदै क्यानेडियन सरकार लैंगिक समानता, महिला सशक्तिकरणका विषयमा संवेदनशील रहेको बताइन् ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले नेपालको संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागीता हुनु ठूलो उपलब्धी भएको बताइन् ।

पण्डितले लैंगिक समानता कायम गर्नका लागि संचारकर्मी र संचार माध्यमको भूमिका निर्णायक हुने बताइन् ।

कार्यक्रममा राजनीतिमा लैंगिक समानता के हो र किन महत्वपूर्ण छ, राजनीतिमा महिलाको समान सहभागिताका लागि संचार माध्यमको भूमिका के रहन्छ ? राजनीतिज्ञ महिलाका मुद्दालाई संचार माध्यमको प्राथमिकतामा कसरी पार्ने ? र सामाजिक संजाल र राजनीतिमा महिला विषयमा छलफल हुने संचारिका समूहका उपाध्यक्ष कमला पन्थीले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: