मन्त्रीले भेटिन् १२ वर्षीया बलात्कृत बालिका


प्रकाशित मिति :2019-11-10 14:55:17

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलात्कृत बालिकासँग आज भेटवार्ता गरेकी छन् ।

बलात्कारपछि गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको थापाथलीस्थित प्रसूति गृहमा तीन दिन अघि ५ महिनाको गर्भपतन गरिएपछि आज मन्त्रीले उनीसँभग भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्छ । र बलात्कारीको पहिचान गरि कडा भन्दा कडा कार्वाही हुनेछ’ प्रसूति गृहमा पत्रकारसँग बोल्दै मन्त्री थापाले भनिन् । उनले बालिकामा बौद्धिक अपांगता भएका कारण सामाजिक संस्थाको पहलमा केही समय काठमाडौंमै राखेर उपचार गरिने पनि बताइन् ।

मन्त्रीसँगै बालिका भेट्न प्रसूति गृह पुगेकी राष्ट्रिय सभा सदस्य डा. बिमला पौड्याल राइले बालिकालाई अहिले तत्काल घर पठाउँदा अनर्गल कुरा र घटनाले पिरोलिरहने भएकाले उनी पीडाबाट मुक्त हुन नसक्ने बताइन् ।

केही समय उनलाई विज्ञको सहयोगमा परामर्श गर्दै उपचार गर्न आवश्यक देखिएकाले तत्काल जिल्ला नफर्काइने पनि पौडेलले बताइन् ।

आज आइतबार बालिकासँग विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले पनि भेटेका छन् ।

यो पनि हेर्नुस्

गर्भपतनपछि १२ वर्षे बालिकाले भनिन्, ‘नाइँ, मु बस्तैन याँ’

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: