विद्याको उम्मेदवारी दर्ता


प्रकाशित मिति :2019-11-07 12:53:50

–महिला खबर–

पोखरा । प्रतिनिधि सभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले आज उम्मेदवारी दर्ता गराएकी छन् ।

कास्कीको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउने दिन रहेकोले भट्टराईले बिहान १०ः३५ बजे आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्य नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक बसेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले केही समर्थकसहित पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

नेकपाकी उम्मेदवार भट्टराईभन्दा अगाडि संरक्षणकर्मी कमलजंग कुँवरले मनोनयन दर्ता गराएका थिए । उनी स्वतन्त्र उम्मेदवार हुन् । उम्मेदवारी दर्तामा कुँवर पहिलो र विद्या दोस्रो भएकी छन् ।

११ बजेपछि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम तय थियो । तर निर्वाचन अधिकृतको कार्यालयले त्यसअघि नै नेकपालाई मनोनयका लागि पालो दिएपछि सानो संख्यामा नेकपा टोली गएको थियो ।

यो पनि हेर्नुस्

विद्याको निर्वाचन अभियान रविन्द्रको जन्मस्थानबाट शुरू हुने

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: