नेपाली चेली रश्मी साहलाई नासाको सम्मान


प्रकाशित मिति :2019-11-07 12:35:52

नेपाली चेली डा.रश्मी साहलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले सम्मान गरेको छ । नेपालको धनुषा जिल्ला घर भएकी साह हाल अमेरिकामा छिन् । साहलाई नासाले ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’बाट सम्मानित गरेको हो ।

साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । साहले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

साहले माटोको मोस्चर मापन, आद्र्रभूमि, हिउँको गहिराइ र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । मधेशी एशोसियसन इन अमेरिकाका संस्थापक उपाध्यक्ष अमित शाहले नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धि हासिल गर्नु निकै सकारात्मक र महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: