विद्याको निर्वाचन अभियान रविन्द्रको जन्मस्थानबाट शुरू हुने


प्रकाशित मिति :2019-11-06 19:01:04

–महिला खबर–

पोखरा । नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान भरत पोखरीबाट शुरू गर्ने भएकी छन् । मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनको चुनावी अभियान पोखरा महानगरपालिका वडा नं. ३३ भरत पोखरीबाट शुरु गर्ने भएकी हुन् ।

रविन्द्रले आफ्नो बाल्यकाल विबताएको र राजनीतिक जीवनको शुरूआत गरेको सो स्थानका स्थानीयबासीसँग अन्तरक्रिया र भेटघाट गरेर विद्याले आफ्नो चुनावी अभियान शुरू गर्न लागेको नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिए ।

विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट बिजयी रविन्द्र राजनीतिक रूपमा अब्बल नेताको पहिचान बनाउन सफल थिए । उक्त स्थानलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान शुरू गर्न चाहेको आचार्यले बताए ।

उम्मेदवार व्यवस्थापन समितिका संयोजक अचार्यका अनुसार सो क्षेत्रबाट आशीर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यार्पण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट समुदायको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा उनकी श्रीमती विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: