अहिलेकै प्रणालीमा महिलालाई प्रतिस्पर्धा गर्नै कठिनः मन्त्री अर्याल


प्रकाशित मिति :2019-11-06 18:04:57

-करिश्मा चौधरी-

सुर्खेत । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिलेको निर्वाचन प्रणालीमा महिलाले पुरुषसंगै प्रतिस्पर्धा गर्न निकै कठिन रहेको बताएकी छन् ।

सञ्चारिका समूहले सुर्खेतको बीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिज्ञ र पत्रकारबीच भएको अन्तरक्रियामा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । इच्छा, क्षमता र हिम्मत हुँदाहुँदै पनि महिलाहरु अहिलेको निर्वाचन प्रणाली अनुसार चुनाबी प्रतिस्पर्धा गर्न नसकिरहेको अर्यालले बताइन् ।

सबैको समान सहभागिता खोज्नका लागि निर्वाचन प्रणाली नै सुधार गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई छ ।

मन्त्री अर्यालले सञ्चार माध्ययम र सञ्चारकर्मीलाई सकारात्मक सन्देश दिने र सत्य तथ्य समाचार सामाग्री मात्र प्रकाशन प्रशारण गर्न आग्रह गरिन् । उनले सञ्चार माध्यमले निर्वाचनका बेला असल ब्यक्तिलाई चिनेर प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उप सभामुख पुष्पा घर्ती विष्टले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म पुरुषसंग चुनाबी प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । अहिलेको चुनाब खर्चिलो भएकाले महिलाहरु सबैभन्दा पहिला आर्थिक रुपमा सक्षम हुन आवश्यक रहेको उनले बताइन् ।

प्रदेश सभा सदस्य पद्मा खड्काले पार्टीमा महिलालाई प्रत्यक्षमा टिकट पाउन मुिस्कल रहेको बताइन् ।

महिलाहरुमा क्षमता, दक्षता हुँदाहुँदै पनि पार्टीले प्रत्यक्ष उम्मेदारमा उठाउन हिचकिचाउने गरेको भन्दै कतिपय महिलाहरु पनि समानुपातिकमा सिट सुरक्षित भईहाल्ने भन्दै प्रत्यक्षमा उठ्न नचाहने बताइन् ।

वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकालले संविधानले महिला सुनिश्चत गरेका पदमाबाहेक अन्य पदमा महिलाले स्थान पाउन नसकेको बताइन् ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले महिलाको उपस्थिति प्रतिशतमा हेर्नुभन्दा पनि अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: