छात्राका लागि १ महिने निःशुल्क फुटबल प्रशिक्षण हुँदै


प्रकाशित मिति :2019-11-06 11:53:43

–महिला खबर–

ललितपुर । इटहरी उपमहानगरपालिकाले महिला फुटबल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटबल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गर्न लागेको छ । मंसिर १ गतेदेखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ । सहभागि छात्राका लागि जर्सी र जुत्ताको ब्यवस्था उपमहानगरले गर्ने बताइएको छ ।

उपप्रमुख गौतमका अनुसार यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ ।

छात्राहरुलाई प्रशिक्षण दिई फुटबल खेलप्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटबल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: