सुनकोसीसंगै बग्यो कविताको अधिकृत बन्ने सपना


प्रकाशित मिति :2019-11-06 11:30:03

सर्मिला बुढाथोकी/महिला खबर

दोलखा । उनी पढ्नमा तेज थिईन् । सरकारी जागिर खाई अधिकृत बन्ने सपना थियो । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकी २० वर्षीया कविता राउतलाई सम्झदै मृतककी फुपू सरस्वती राउतले तपक्क आँसु चुहाउँदै भनिन्, ‘उनका सबै सपना सुनकोशीले बगाई दियो ।’

दोलखा सदरमुकाम चरिकोटको कालिञ्चोक माध्यमिक विद्यालयबाट भर्खरै एजुकेशन साईन्समा उत्कृष्ठ अङ्कसहित १२ कक्षा सकेकी कविताको लक्ष्य सरकारी जागिर खाएर अधिकृत बन्ने थियो ।

छोरी कविताको मृत्यु भएपछि शोकमा रहेकी आमा अम्बिका र गाउँलेहरु ।

सरकारी जागिरको लागि तयारी कक्षा लिने र स्नातक तहको पढाईको लागि सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना हुने लक्ष्यसहित दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ५ काटाकुटी घरबाट आईतबार बिहान हाँसीखुशी बस चढेकी कविताको बस दुर्घटनामा मृत्यु भएपछि सिंगो काटाकुटी गाउँ नै शोकाकुल छ ।

आईतवार बिहान छोरीलाई हाँसीखुशी बिदा गरेकी कविताकी आमा अम्बिका राउत बस दुर्घटनामा छोरीको मृत्यु भएको खबरले होसमा छैनन् । ‘खबर सुनेदेखि छिनछिनमा बेहोस् हुने गर्नु हुन्छ’ कविताकी फुपू सरस्वती राउतले भनिन्, ‘तर के गर्नु, अब जति पिर गरे पनि हाम्रो फूलजस्तै हँसिली नानी फिर्ता आउदिनन् ।’

मृतक कविता

पढ्नमा तेज कविता मिलनसार थिईन । ‘गाउँमा सबैलाई सहयोग गर्ने र घर आएको बेला सधै हाँसीखुशी चुला चौका र खेतबारीमा आमासंगै रमाउने उनको अनुहार झल्झली आई रहेको छ’ काटाकुटीका स्थानीय ६९ वर्षीय बिर्खबहादुर खत्रीले भने ।

आईतबार बिहान ८ः३० बजे शैलुङ गाउँपालिका वडा नम्बर ४ बागखोरबाट काठमाडौँको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदिमा खस्दा १८ जनाको मृत्यु भएको थियो । जसमा तीन बालिका, चार बालक र १० जना महिला रहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: