५ प्रकारका कुरीतिले ८ को हत्या


प्रकाशित मिति :2019-11-04 12:33:03

–महिला खबर–

ललितपुर । तीन महिनाको अवधिमा कुरीतिका कारण १ हजार ३३ जना प्रभावित भएका छन् । ५ प्रकारका कुरीतिका कारण ८ जनाको हत्या भएको छ । कुरीतिका कारण ज्यान गुमाउनेमा महिला बढी छन् । कुरीति कै कारण अधिकांश महिला तथा दलित समुदाय शारीरिक तथा मानसिक हिंसाको शिकार भएका छन् ।

सोच नेपालले २०७६ असार १६ गतेदेखि असोज १३ सम्म (जुलाई १, २०१९ देखि सेप्टेम्बर ३०, २०१९ सम्म) गरेको मिडिया अध्ययनले यस्तो देखाएको हो । यो अवधिमा कुरीतिजन्य हिंसाका १ हजार ३३ घटना राष्ट्रिय दैनिक पत्रिकामा छापिएका छन् ।

यो तीन महिनामा हलिया प्रथाका ५ सय २, जातीय छुवाछुत ३ सय १६ बालविवाह १ सय ७१, बहुविवाह १३, अनमेल विबाह १५, दाइजो प्रथा ४, छाउपडी २, देउकेटो प्रथा ३, धामी झाक्री १, लिङ्गविभेद प्रथा २, बोक्सी प्रथा २ गरी कुल १ हजार ३१ घटना सार्वजनिक भएका छन् ।

तीन महिनामा कुरीतिका कारण १२ गाउँ र समुदाय प्रभावित भएको छ ।

यस्तै यो अवधिमा प्रदेश नम्बर ७ कुरीतिको सबैभन्दा बढी मारमा परेको पाईएको छ ।

कुरीतिको प्रभाव प्रदेश ६ मा पनि परेको छ । प्रदेश १ र ५ बाट कुरीतिजन्य घटनाका एकदमै कम समाचार प्रकाशित भएका छन् ।

सोच नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कुरीति विरुद्ध सशक्त अभियान चलाउन अपिल गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: