“इटहरी सरकार घरमै आइपुग्यो”


प्रकाशित मिति :2019-11-03 14:32:21

–लिलाराज भट्टराई–

इटहरी । घरका सबैजना सन्तान अपांगता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ का लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मण तामाङ्गका चार सन्तान छन् । चारैलाई अपांगता भएको छ । १४ देखि २९ वर्षसम्मका उनीहरु कोही पनि आँखा देख्न सक्दैनन् । दुई छोरा र दुई छोरी मध्ये कान्छो छोराबाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिँडन त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलिअलि मात्रै आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै हुन थालेको छ ।

तामाङ्ग परिवारमा परेको यो समस्या उनको मात्र नभएको र उनका साथमा उपमहानगरपालिका पनि छ भन्ने महसुस गराउन जीवन निर्वाह अनुदान शिर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्धारिकलाल चौधरीले बताए ।

चारै सन्तानको यस्तो अवस्थामा उनीहरुको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंशा गर्दै सद्भाव व्यक्त गरे ।

उपप्रमुख लक्ष्मी गौतमले यो परिवारलाई परेको समस्यामा सहयोग गर्न सबैसँग आग्रह गरिन् । उनले ट्रस्ट बनाएर अघि बढ्दा राम्रो हुने सुझाव समेत दिएकी छन् ।

यसअघि उपप्रमुख गौतमले घरमै पुगेर चारैजनालाई अपांगता परिचय पत्र रेडकार्ड दिएकी थिइन् । अहिले उनीहरुले मासिक ३ हजारका दरले भत्ता समेत पाउदै आएका छन् ।

इटहरी सरकारको सहयोगप्रति आभार ब्यक्त गर्दै उनीहरुका वुवा लक्ष्मण तामाङ्गले भने, ‘गाँउ गाँउमा शिहँदरवार भन्थे, इटहरी सरकार घरमै आइपुग्यो खुशी लागेको छ ।’

१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन, बोल्न सक्दैनन, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिसापिसाब पनि सुतेकै ठाउँमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ ।

बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो ।

कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको छ । इटहरी उपमहानगरका प्रमुख चौधरी,उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्ष हर्क मगरले तामाङ परिवारलाई सहयोगका लागि सबैसंग आग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पेशाबाट पेट पालिनुपर्छ

-वसन्ती बास्तोला- जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको

बजेटमा महिला (पूर्ण पाठसहित)

-महिला खबर- महिलाको भूमिमाथिको अधिकार र स्वामित्व बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गाको

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: