गोपनियताको नाममा सञ्चार माध्यम नियन्त्रणमाः पत्रकार शर्मा


प्रकाशित मिति :2019-11-03 13:14:01

–महिला खबर–
ललितपुर । सामाजिक अभियन्ता तथा वरिष्ठ पत्रकार नर्मता शर्माले गोपनियताको नाममा सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा लिन खोजेको बताएकी छन् ।

‘पत्रकार विरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनताको अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसका अवसरमा भारतको चेन्नेईमा अवस्थित एसियन कलेज अफ जर्नालिजमले आयोजना गरेको छलफलमा नेपालको प्रतिनिधित्व गर्दै शर्माले यस्तो बताएकी हुन् ।

उनले हाल नेपालको संसदमा पेश भएको सञ्चार नीतिका कारण पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न नसक्ने अवस्था रहेको बताइन् ।

सञ्चार माध्यमले सरकारका धेरै अभियान सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भए पनि हाल सरकारले सञ्चार माध्यममा अधिनायकवाद लाद्न खोज्नुु चिन्ताजनक भएको उनले बताइन् ।

कार्यक्रममा भारत, बंगलादेश, अष्ट्रेलिया, लेबनान, श्रीलंका, युगान्डा, अमेरिका, र बेलायतका गरी १० जना पत्रकारले सम्बन्धित देशको सञ्चार नीती र सरकारको भूमिकाको बारेमा भनाइ राखेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पेशाबाट पेट पालिनुपर्छ

-वसन्ती बास्तोला- जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको

बजेटमा महिला (पूर्ण पाठसहित)

-महिला खबर- महिलाको भूमिमाथिको अधिकार र स्वामित्व बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गाको

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: