“पुलिङ्गवाद”


प्रकाशित मिति :2019-11-01 15:17:31

-साबित्रा ढकाल-

सहमतिमा होस् या जबर्जस्तीमा,
फकाएर होस् या लठ्यायर
जति योनी छेदन गरे पनि,
अपबित्र नबन्ने लिंग धारणकर्ता
पुलिङ्गवादको मालिक उही छ,
उही छ राज्यको हर्ताकर्ता ।

यौन हिंसाको विरुद्ध उठेको
पीडित आवाजको बदलामा,
पुरुष यौन स्वतन्त्रताको रक्षार्थ,
क्रान्तिकारी छोराहरू
बन्दुक बोकेर उभिन्छन् ।

समाजबादको लागि क्रान्ति गर्ने,
स्त्रीलिङ्गी योद्धादेखि
सदनका महिला सांसदसम्म,
कोही मौन बसेर त,
कोही ठूलै बितण्डा मच्चाएर,
पुलिङ्गवादकै समर्थनमा लागिपरेका छन् ।

पुलिङ्गवादमा श्रीमती त पर्दा पछाडिको पात्र न हो
न त उसको आवाज सुन्न
न त धारणा बुझ्न नै आवश्यक छ
दोश्रो दर्जाको नागरिक उ,
उसको अस्तित्व त आखिर योनीमा न सिमित छ ।

उता श्रीमान् महोदय,
वर्षौ वर्ष जसको योनीबाट यौन आनन्द पाउछ
उसकै योनीबाट आफ्नो वंश फैलाउछ
अनि, परपुरुष गमनको नाममा,
उसैको हस्ताक्षर साक्षी राखेर
सम्बन्ध बिच्छेद गरेको दुनियालाई सुनाउछ ।

पुलिङ्गवादका पहरेदारहरू,
सडकदेखि सदनसम्म,
फेसबुकदेखि ट्वीटरसम्म,
योनीकै पवित्रतामाथि उठाउदै छन् प्रश्न,
डिप्रेसन, औषधि, मदिरा अनेक बहाना खोज्दैछन्
बलात्कारको वैधानिकता प्रमाणित गर्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पेशाबाट पेट पालिनुपर्छ

-वसन्ती बास्तोला- जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको

बजेटमा महिला (पूर्ण पाठसहित)

-महिला खबर- महिलाको भूमिमाथिको अधिकार र स्वामित्व बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गाको

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: