बेचबिखनमा परेका व्यक्तिको मानव अधिकारको न्यूनतम मापदण्ड


प्रकाशित मिति :2019-10-30 14:40:48

मानव बेचविखन तथा ओसारपसारमा परेका व्यक्तिहरूको मानव अधिकारको सुरक्षा गर्नु राज्यहरुको कर्तव्य हो । उनीहरूको मानव अधिकारको संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सम्वन्धी दस्तावेजहरूले निम्न अधिकारहरूको व्यवस्था गरेको छ, जुन अधिकारहरुको प्रत्याभूति हरेक पक्ष राष्ट्रहरुले आफ्नो कानूनमा व्यवसथा गरी व्यवहारमा अनुवाद गर्न सक्नु पर्दछ । नेपालको सन्दर्भमा कानून कार्यान्वयनका तीनवटै सम्बद्ध निकाय प्रहरी, सरकारी वकिल र अदालतले यी अधिकारहरुको सम्बन्धमा पर्याप्त सजगता लिएमा पीडित केन्द्रित न्यायमा प्रभावकारिता आउने छ जुन आवश्यक पनि छ ।

अविभेदको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूले वेचिएको परिस्थितिमा बाध्यतापूर्वक यौन कार्य वा अन्य कार्य गरेको भन्ने अधारमा भेदभाव गरिने छैन भन्ने अधिकार उनीहरुलाई प्राप्त छ ।

सुरक्षा तथा समान व्यवहारको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूले आफु त्यस ठाउँबाट मुक्त भएपछि उनीहरू माथि थप दुर्व्यवहार, शोषण हुन नदिई उनीहरूलाई सुरक्षा र समान व्यवहारको अधिकार प्राप्त छ ।

टीएन कुँवर

न्यायमा पहुचँको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूलाई कानूनी सल्लाह लिन ,पाउने, दोभाषे र कानूनी प्रतिनिधि राख्न पाउने अधिकार छ ।

क्षतिपूर्तिको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूले वेचविखन कार्यमा संलग्न व्यक्तिहरूबाट र निजबाट हुन नसके राज्यकै तर्फबाट आवश्यकता अनुसार उचित क्षतिपूर्ति प्राप्त गर्ने अधिकार छ ।

बेचबिखनमा परेका व्यक्तिले वेचिएको राष्ट्रमा बस्न पाउने अधिकारः अधिकार मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूले बेचिएको राष्ट्रमा बसेको आधारमा गैर कानूनी रूपमा वसेको भनी कारवाही गर्न पाईदैन । उनीहरुलाई त्यस किसिमबाट कारवाही गर्नबाट संरक्षण प्रदान गरिएको छ ।

स्वस्थ्य तथा अन्य सेवाहरूको अधिकारः  मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूलाई स्वस्थ्य परामर्श लगायत आवश्यक पर्ने अन्य सेवाहरू प्राप्त गर्ने अधिकार छ ।

उद्धारको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूलाई बेचिएको स्थानबाट उद्दार भई सामान्य जीवनयापन गर्न पाउने अधिकार छ ।

स्वदेश फर्कन पाउने अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरू स्वदेश फर्कन ईच्छुक भएमा निजको सहमतिमा स्वदेश फर्कन पाउने अधिकार छ । मानव बेचबिखनमा परेका व्यक्तिको सन्तान भए सन्तानलाई पनि आफुसंगै फर्काउन पाउने अधिकार प्राप्त छ ।

सामाजिक पुनर्ए्किकरणको अधिकारः मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिको उद्धारपछि उनीहरूको पुर्नस्थापना र सामाजिक पुनर्ए्किकरणको अधिकार प्राप्त छ ।

गोपनियताको अधिकारः राष्ट्रिय कानूनबाट पीडित तथा प्रभावित पक्षको गोप्यताको हक र परिचयको प्रचार प्रसारबाट संरक्षण पाउने हक रहेको छ ।

सूचनाको हकः पीडित तथा प्रभावित पक्षलाई उनीहरूसँग सम्बन्धित अदालत तथा प्रशासनिक प्रक्रियाको सम्वन्धमा यथार्थ सूचना पाउने हक हुनेछ ।

पीडित बालबालिकाको विशेष संरक्षण पाउने अधिकारः अपराधबाट पीडित तथा प्रभावित बालबालिकाहरूलाई उचित बसोवास, शिक्षा र हेरचाह लगायतका अधिकारहरु सुनिश्चित गरिएको छ ।

फौजदारी मुद्दाको प्रक्रियामा सहयोगः फौजदारी मुद्दाको प्रक्रियामा पीडित तथा प्रभावित पक्षको विचार एवं अभिव्यक्तिलाई उचित प्रतिनिधित्व गराउन आवश्यक सहयोग पाउने हक प्रदान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: