अखिलका केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ


प्रकाशित मिति :2019-10-29 15:01:55

-महिला खबर-

ललितपुर । अनेरास्ववियूका केन्द्रीय सदस्य तथा रत्न राज्य क्याम्पसका स्ववियू सह–सचिव इन्द्रहाङ राई किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । १८ वर्षे किशोरीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको आरोपमा आज बिहान ६ बजे प्रहरीले राईलाई पक्राउ गरेको जानकारी दिएको छ ।

राईले गोकर्ण ६ माकलवारीमा सोमबार साँझ किशोरीमाथी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटना बारे सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप किशोरीले लगाएपछि प्रहरीले उनलाई राती नै उद्धार गरेको थियो ।

प्रहरीका अनुसार राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी किशोरीलाई बलात्कार गरेका हुन् । प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: