किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स


प्रकाशित मिति :2019-10-23 11:38:19

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छन् ।

सोमबार लैंगिक हिंसा विरुद्धको अभियान वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले विगतमा राजनिति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको बताइन् ।

उनले किशोरीहरूले आजका दिनमा समस्यामा परेका व्यक्तीहरुलाई सहयोग गर्ने र सामाजिक समस्या निराकरणका लागि भूमिका निर्वाह गरेर भोलीको नेतृत्वका लागि तयार हुन प्रोत्साहित गरिन् ।

मन्त्री थापाले भनिन्, “ठाउँठाउँमा गएर बोल्नुहुन्छ, समाजका कुराहरु बुझ्नुहुन्छ त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ ।” गाउँस्तरका लैगिक समस्या समाधानका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा सघाउन अनुरोध गरिन् । “स्थानीय सरकारले तपाइहरूका कुरा सुन्छ, सन्नुपर्छ । तपाइहरुले स्थानीय सरकारलाई आफ्ना कुराहरु राख्नुस, काम गर्न सक्ने बनाउनुस ।”

किशोरी सञ्जालकी अध्यक्ष १७ वर्षकी मेनुका थापाले छोरीहरुले अहिले पनि घरबाट बाहिर निस्केर काम गर्न सक्ने वातावरण नभएको बताइन् ।

उनले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको बताइन् । उनले भनिन्, “छोरीहरूलाई घरको काममा मात्र सिमित होस् भन्ने धारणा अझै पनि उस्तै छ । बाहिर गयो भने कहाँ गइस रु किन गइस रु के का लागि गइस रु भनेर सोध्छन ।”

बर्दिया जिल्लाबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरू सुनाउन आएकी १६ वर्षकी दिक्षा गिरीले शिक्षित व्यक्तीहरुबाटै लैङ्िगक विभेद भोग्नुपरेको बताइन् ।

उनले घरमै पनि महिनावारी भएको बेलामा बुवाआमाले खाना पकाउन जाउँ भनेर भने पनि पूजा गर्न जाउँ भनेर चाँही नभनेकोमा गुनासो गरिन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्िगक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो । जसका लागि मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तीहरुसंग नियमित छलफल गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: