रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण


प्रकाशित मिति :2019-10-18 11:53:49

-महिला खबर-

विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी समाज (सोच) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतको अररिया जिल्ला स्थित परवाना नदिको मीरगन्ज पुल नजिकै विभत्स तरिकाले हत्या गरी फालेको अवस्थामा फेला परेकी रञ्जनाको २ लाख दाइजो नदिदा श्रीमान् र उनको परिवारले हत्या गरेको समाचार संचार माध्यममा प्रकाशित भएको थियो ।

विज्ञप्तिमा राज्यले जनताको सुरक्षित रुपमा स्वतन्त्रतापूर्बक बाँच्न पाउने अधिकारको सुनिश्चत गर्न, धर्म, अन्धबिश्वास र कुरीति एवं यसको प्रभावबाट हुने हिंसाको अन्त्यका लागि बिद्यमान ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक ऐन कानुनको निमार्ण गरी अभियान मार्फत हिंसा अन्त्यका कार्यक्रम सञ्चालन गर्न सरकारसँंग माग गरिएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ;

प्रेस बिज्ञप्ती

धार्मिक अन्धबिश्वास र कुरीतिका कारणले नेपाली समाजमा विपन्न, महिला तथा दलितहरु हत्या र हिंसाको शिकार भईरहेका समाचारहरु दैनिकरुपमा आइरहँदा समेत नेपाल सरकारले नागरिकको ज्यानको सुरक्षा तथा मौलिक हकको रक्षा गर्न नसकेको प्रति सोच नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

मिति २०७६ असोज २८ गते अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित दाइजोको कारण नेपाली छोरीको भारतमा हत्या शिर्षकको समाचारले सोच नेपालको गंभिर ध्यानाकर्षण भएको छ । विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को हत्या भएको छ । उनको शव भारतको अररिया जिल्ला स्थित परवाना नदिको मीरगन्ज पुल नजिकै फालेको अबस्थामा फेला परेको छ ।

रञ्जना सहनी(बहरदार)को सासु ससुरा तथा पतिले २ लाख रुपैया दाइजो मागेको र त्यो दिन नसकेको कारणले हत्या भएको रञ्जनाका हजुरबुबा उमालाल सहनीले बताए । ‘हामीले सकेसम्म दिएका थियौं, मोटर साइकल पछि फेरी पैसा मागे, दिन सकिएन अहिले हत्या भयो’ । रञ्जनाको गत फागुन भारतको अररियाका भिम बहरदारसँग विवाह भएको थियो । विवाहमा माइतीले थोरै दाइजो ल्याएको भन्दै छोरीलाई शारीरिक तथा मानसिक यातना दिएको पीडितका बुवा मनिकचन्द सहनी बताँउछन् । ‘माइतमा रुदै सुनाउँथी, अहिले हत्या गरेर फालेछन्’, पीडितका बुवा मनिकचन्द सहनी बताँउछन् ।

यस्ता कुप्रथा तथा परम्परा कारण भएको घटनाले नेपालको संविधान २०७२ को धारा १६को सम्मानपूर्बक बाँच्न पाउने हकको उलंघन भएको छ । यसैगरी नेपालको संविधान २०७२ को धारा ३८ (३) महिलाको हक अनुसार धार्मिक तथा साँस्कृतिक परम्परा, प्रचलनका आधारमा शारीरिक, मानसिक, मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाउने ब्यवस्था छ । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षेतिपूर्ति पाउने हक ब्यवस्था गरेको छ । दाईजोका कारण मासिकरुपमा हत्याका खबरहरु सार्वजनिक भईरहेका छन ।

राज्यले जनताको सुरक्षित रुपमा स्वतन्त्रता पूर्बक बाँच्न पाउने अधिकारको सुनिश्चत गर्न, धर्म, अन्धबिश्वास र कुरीति एवं यसको प्रभावबाट हुने हिंसाको अन्त्यका लागि बिद्यमान ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक ऐन कानुनको निमार्ण गरी अभियान मार्फत हिंसा अन्त्यका कार्यक्रम सञ्चालन गर्न सरकारसँंग सोच नेपाल माग गर्दछ ।

सोच नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: