खोज पत्रकारिता केन्द्रको उपाध्यक्षमा निर्मला शर्मा


प्रकाशित मिति :2019-10-17 15:54:34

-महिला खबर-

ललितपुर । वरिष्ठ पत्रकार निर्मला शर्मा खोज पत्रकारिता केन्द्र (खोपके) को उपाध्यक्षमा निर्वाचित भएकी छन् । खोपकेको आज राजधानीमा सम्पन्न १२औं साधारणसभाबाट शर्मा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

२५ वर्षदेखि पत्रकारितामा क्रियाशील शर्मा पत्रकार महिलाको साझा संस्था संचारिका समूहकी निवर्तमान अध्यक्ष हुन् । पत्रकार शर्मा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने “समकोण” कार्यक्रमको प्रस्तोता तथा निर्माता पनि हुन् ।

खोपकेले शर्मासंगै कार्य समितिमा तीन जना महिला निर्वाचित गरेको छ । साधारणसभाबाट क्रियाशील पत्रकार महिला लक्ष्मी बस्नेत र भृकुटी राई पनि सदस्यमा निर्वाचित भएका छन् ।

खोपकेले वरिष्ठ पत्रकार चन्द्रकिशोर झाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको महासचिवमा किरण नेपाल, कोषाध्यक्षमा रामेश्वर बोहरा र सदस्यहरुमा राजाराम गौतम निर्वाचित भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: