महरालाई अझै तीन दिन हिरासतमा राखिने


प्रकाशित मिति :2019-10-15 19:57:46

-महिला खबर-

ललितपुर । सहकर्मी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपकुमार दाहालको इजलासले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार अदालतमा पेश गरेपछि शुक्रबारसम्मका लागि म्याद थप गरिएको हो। अदालतले अब महरालाई आइतवार अदालतमा उपस्थित गराउन भनेको छ ।

थप गरिएको म्याद शुक्रबार सकिन्छ। शनिबार सार्वजनिक बिदा भएकाले अब महरालाई आइतवार अदालतमा पेश गरिनेछ। महरा अब अझै पाँच दिन प्रहरी हिरासतमा रहनेछन्।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहँदा बिरामी भएपछि महरालाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ।

असोज १९ गतेदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पूरा गरिसकेको जनाएको छ।

दशैँ बिदासहित १० दिन महराले प्रहरी हिरासतमा बिताइसकेका छन् । सरकारी पक्षले अबको तीन दिनभित्र अनुसन्धान पूरा गर्ने मागसहित जिल्ला अदालतसमक्ष यस्तो माग गरेको थियो।

संसद सचिवालयकी कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् भने सांसद पदबाट पनि निलम्वित अवस्थामा छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: