सानैमा बिहे ? “नो”


प्रकाशित मिति :2019-10-15 11:38:30

-पार्वती पाण्डे-

कपिलवस्तु । १६ वर्षकी गिता चाहिलाई बालविवाह गर्नु अपराध हो भन्ने लाग्छ । बालविवाहले किशोर किशोरीमा नराम्रो प्रभाव पार्छ भन्ने बुझेकी छन् । सानैमा विवाह गर्दा पढ्ने अवसरबाट बन्चित हुन्छ । धैरै खाले शारीरिक र मानसिक समस्या पैदा हुन्छन् भन्ने पनि सुनेकी छन् । त्यसैले उनी अहिले नै बिहे गर्ने सोचमा छैनन् ।

शुद्धोधन गाउँपालिकाकि गिता हाल मोतीभारी निमाविमा कक्षा ९ मा पढ्छिन । पढाई पुरा गरेर आफ्नै खुट्टामा उभिएपछी मात्रै बिहे गर्ने उनको सोच छ ।” त्यसैले म त भन्छु, सानैमा बिहे ! “नो” ।

कृष्णनगर नगरपालिकाकी १७ वर्षकी कुसुम यादवलाई पनि बालविवाह गर्न हुदैन भन्ने जानकारी भएको छ । उनी भन्छिन्, “उमेर नपुग्दै विवाह गरेमा सधैभरी यातना अनि दुःख खेप्नु पर्छ । पढ्ने उमेरमा विवाह गर्दा शरीर अस्वस्थ हुनुका साथै सधैभरी बिरामी पनि हुनसक्छ । त्यसैले बालविवाह रोक्न सबै लाग्नु पर्छ ।” कुसुमले विशेष गरी बालविवाह विरुद्ध अभिभावकलाई बुझाउनु पर्ने आवश्यकता रहेको बताइन् ।

महेन्द्र मावि विद्यालय कृष्णनगरमा कक्षा ११ मा अध्ययनरत कुसुमलाई पनि बालविवाह सामाजिक अपराध हो भन्ने थाहा छ । उनले अगाडि भनिन्,“म आफू पनि उमेर नपुगी विवाह गर्दिन र आफन्त, वरपर छिमेकमा पनि बालविवाह गर्न दिन्न ।”

शुद्धोधन गाउँपालिकाकी १५ वर्षकी सिन्धा गुप्ता बालविवाहका बारेमा बुझ्न थालेकी छन् । “२० वर्ष नपुग्दै विवाह गरेमा कानून अनुसार कारवाही हुन्छ । त्यसैले उमेर नपुग्दै विवाह गर्नु हुदैन” उनी भन्छिन् ।

पढाई सकेपछि आफ्नै खुट्टामा उभिएर मात्र विवाह गर्ने उनको सोच छ । उनी मोतीवारी मावि लवनीमा कक्षा ८ मा पढ्छिन । “बालविवाह गर्नु भनेको सामाजिक अपराध हो, कसैले गर्नु हुदैन । यदि कहिँकतै बालविवाह हुँदैछ भन्ने थाहा भो भने प्रहरीलाई खवर गर्नुपर्छ” उनले सुझाइन ।

यशोधरा गाउँपालिकाका हरिओम यादवलाई बालविवाह शब्दले नै निकै डर लाग्ने बताए । “मेरो परिवारमा बालविवाह गरेर धैरै दुःख भएको छ । त्यसैले वालविवाहको कुरा सुन्दा मुटु पोल्छ” उनले भने ।

बालविवाह रोक्न र सबै नागरिकमा शिक्षा पुर्याउन स्थानीय तह लाग्नु पर्ने उनको धारणा छ । बालविवाह गरेमा के हुन्छ रु बालविवाह भनेको के हो रु लगायतका विषयमा २ दिने जिल्ला स्तरको वृहत भेलामा सहभागी भएपछि बालबालिकाहरु सचेत भएका छन् ।

सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त गर्ने सरकारी रणनीति छ । सोही रणनीति अनुसार कपिलवस्तुमा वुद्धभुमि नगरपालिका नेपालमै पहिलो बालविवाह मुक्त घोषणा भैसकेको छ भने अन्य नगरपालिका र गाउँपालिका पनि बालविवाह मुक्त गराउने कार्यमा लागेका छन् ।

२०६८ को जनगणना अनुसार जिल्लामा ६७ प्रतिशत बालविवाह भएको छ । बालविवाह धैरै जसो मधेशी र मुस्लिम समुदाय हुने गरेको छ । जिल्लामा बालविवाह चुनौतिका रुपमा रहेको छ ।

अभिभावकलाई नै बालविवाह गर्नु हुदैन भन्ने सचेतीकरण गर्नु आवश्यक रहेको युएनएफपिएका फिल्ड संयोजक चित्र महतोले बताए ।

२० वर्षभन्दा कम उमेरका पुरुष र महिलाबीच विवाह गर्न नहुने, विवाह भए त्यस्तो विवाह स्वतस् बदर हुने र त्यस्तो विवाह बालविवाह ठहर भई विवाह गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ। ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: