कर्मचारी जनताका स्थायी सरकार हुन्ः मन्त्री थापा


प्रकाशित मिति :2019-10-03 18:14:39

ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले व्युरोक्रेसी स्थायी सरकार भएको बताएकी छन् । समाज कल्याण परिषदले आयोजना गरेको बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले कर्मचारी जनताका स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताइन् ।

सामाजिक परिवर्तनका लागि कर्मचारीहरुको योगदान अतुलनिय रहेको भन्दै मन्त्री थापाले संघिय लोकतान्त्रिक गणतन्त्रसहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडि बढ्न आग्रह गरिन् ।

मन्त्री थापाले वडादशै सत्यको बिजयको रुपमा मनाइने पर्व भए पनि हाम्रो समाजमा पूर्ण रुपमा सत्यको विजय भइनसकेको धारणा राखिन् ।

उनले समाजमा अझैं पनि विभेद, शोषण, दमन, अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: