तीन देशका रेस्लर महिला आज काठमाडौंमा भिड्दै


प्रकाशित मिति :2019-10-03 11:08:10

-महिला खबर-

ललितपुर । रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त आज काठमाडौंमा हुँदैछ ।

नेपालको पहिलो रेस्लर महिला भगवती खड्का “युनिका”ले स्थापना गरेको नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा नेपाल, भारत र पाकिस्तानका रेस्लर महिलाहरूबिच भिडन्त हुनेछ ।

आज असोज १६ गते काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा हुने भनिएको रेस्लिङ प्रतियोगिता प्राबिधिक कारणले फाउन्डेसनको शान्तिनगरस्थित कार्यालयमा हुन लागेको फाउन्डेसनकी अध्यक्ष भगवती खड्काले बताइन् ।

प्रतियोगितामा नेपालको पहिलो रेस्लर महिला खड्का (९२) र एक सय २५ किलो तौल भएकी भक्तपुर ठिमीकी सृजना कोजुबिच पनि प्रतिस्पर्धा हुनेछ ।

खड्काका अनुसार प्रतियोगितामा तीन देशका २० जना रेस्लर महिलाहरूले भाग लिनेछन् ।

उनका अनुसार नेपालमा अहिले ३२ जना रेस्लर महिला क्रियाशील छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: