इटहरीमा सामूहिक बलात्कार, चार पक्राउ


प्रकाशित मिति :2019-10-02 16:48:05

ललितपुर । युवतीलाई बसभित्रै बलात्कार गर्ने चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतका अनुसार असोज १३ गते बेलुका धरानबाट विराटनगरतर्फ हिंडेको बसमा चढेकी किशोरीलाई इटहरीमा ओरालेर बलात्कार गर्ने चार जना पक्राउ परेका हुन् । प्रहरी निरीक्षक बस्नेतका अनुसार घटनामा संलग्न अर्का दुई जना भने फरार छन् ।

को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातमा चढेकी युवतीलाई इटहरीमा ओर्लन खोज्दा बसका कन्डक्टर सुमन मग्रान्ती, आशीष कार्की र सोही बसका पूर्व कन्डक्टर नितेश घिमिरेले ओर्लन दिएनन् ।

केही पर बस रोकेर इटहरी–१० स्थित साथी फ्युल पेट्रोल पम्प भन्दा केही परको एकान्तमा युवतीलाई मदिरा खुवाई बसको सीटमा उनीहरूले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न मोरङ सुन्दरहरैचा–१२ का विकास कसाई, झापा सुरुङ्गा–४ का सुरज थापा, सिरहा लहान–४ का सुरेन्द्र भुजेल र मोरङ बेलबारी–७ का आशीष कार्कीलाई पक्राउ गरेको छ । घटनामा संलग्न सुमन मग्राती र मोरङ बेलबारीका नितेश घिमिरे फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: