किशोरीको नेतृत्वमा जलवायु आन्दोलनसम्बन्धी ऐतिहासिक मार्च


प्रकाशित मिति :2019-09-30 12:01:46

ओटावा । क्यानडामा जलवायु आन्दोलनसम्बन्धी भएको मार्चमा पाँच लाखभन्दा बढी सहभागी भएका छन् । ‘मोन्टरियल क्लाइमेट मार्च २०१९’ नाम दिइएको सो र्‍यालीको नेतृत्व स्विडेनकी वातावरण तथा जलवायु सरंक्षणसम्बन्धी अभियन्ता ग्रेटा थनवर्गले गरेकी थिइन् । जलवायु परिवर्तनसँग जुध्न उपयुक्त नीति माग गर्दै विश्वभर आन्दोलन भइरहेका वेला क्यानडाको पूर्वी सहर मोन्टरियलमा विशाल र्‍याली निकालिएको हो ।

विश्वव्यापी जलवायु आन्दोलनको एउटा अंशका रूपमा आयोजना गरिएको सो मार्चमा विभिन्न पेसा र वर्गका मानिस सहभागी थिए । पाँच लाखभन्दा बढी मानिस सहभागी र्‍यालीलाई सम्बोधन गर्दै १६ वर्षीय किशोरी ग्रेटाले भनिन्, ‘प्रदर्शनमा ठूलो सहभागिताले विश्व नेतालाई जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण गर्न दबाब दिनेछ ।’ विश्वव्यापी उष्णताविरुद्ध भइरहेका अभियानमा वयस्कहरूले खिल्ली उडाउने गरेको भन्दै उनले त्यसको विरोध गरिन् । यसैसाता राष्ट्रसंघको जलवायुसम्बन्धी सम्मेलनमा ग्रेटाले गरेको सनसनीपूर्ण सम्बोधनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यंग्य गर्दै ट्विट गरेका थिए । उनले भनेका थिए, ‘उनलाई देख्दा मलाई लाग्यो ग्रेटा एकदम सुखी किशोरी हुन्, जसको भविष्य उज्ज्वल छ ।’

जलवायु परिवर्तनसम्बन्धी र्‍यालीमा इतिहासमै पहिलोपटक ठूलो संख्यामा जनसहभागिता भएको जनाइएको छ । सन् २०१४ को सेप्टेम्बरमा न्युयोर्कमा भएको पिपुल्स क्लाइमेट मार्चमा तीन लाख १० हजारको सहभागिता थियो । मार्चलाई समर्थन गर्दै मोन्टरियलमा स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थीले एक दिनका लागि कक्षा बहिष्कार गरेका थिए । लिबरल नेता जस्टिन टुडेउ, ग्रिन पार्टी नेता एलिजाबेथ मे र ब्लक क्युबेकोइस नेता इभ्स फ्रान्कोइस ब्लान्चटलगायतका नेता र्‍यालीमा सहभागी थिए । क्यानडाको तेल र ग्यास उत्पादन हुने क्षेत्रमा बलियो समर्थन रहेका कन्जरभेटिभ नेता एन्ड्रिउ सिचर भने कार्यक्रममा सहभागी भएनन् ।

मार्चलाई सफल बनाउन विश्वविद्यालयको तर्फबाट सहभागिता जनाएकी छात्रा लिआ इलिआर्डो ले जलवायु परिवर्तनसम्बन्धी आवश्यक नीति अंगीकार गर्न प्रदर्शन महत्वपूर्ण भएको बताइन् । संघीय सरकार र केही व्यापारगृहले कर्मचारीलाई बिदा दिएका थिए । कार्यक्रमका लागि सार्वजनिक यातायात सेवा निःशुल्क गरिएको थियो । र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरिएको बताइएको छ ।  एजेन्सी । 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: