इटहरी उपमहानगरद्धारा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण


प्रकाशित मिति :2019-09-29 18:26:03

इटहरी । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ल्याव सेवा र औषधि पनि निःशूल्क गरिएको छ ।

विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेस कुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

६० वर्ष माथिका जेष्ठ नागरिकका लागि निःशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । विहान इटहरी उपमहानगकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गरेकी थिइन् ।

दिनभर पानी परे पनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र बरालले बताए । यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १,३,१२,१६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । पाँच ठाँउमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आफ्नै गाउँ ठाउँमा उपमहानगरले निःशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशी भएका छन् ।

यस्तै जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटेका छन् ।

असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मासँग स्वास्थ्य सम्बन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: