एनआरएन युकेमा इतिहास रचिन् पुनमले


प्रकाशित मिति :2019-09-22 11:01:15

-महिला खबर-

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । एनआरएन युकेमा इतिहास रच्दै अध्यक्ष हुने पुनम पहिलो महिला हुन् । एनआरएन युकेकी तत्कालिन उपाध्यक्ष गुरुङ एनआरएन युकेको नयाँ कार्यसमिति २०१९ र २०२० का लागि अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएकी हुन् । रोजिना प्रधान राई ४ हजार ४ सय ४४ मत प्राप्त गरी महिला उपाध्यक्षमा बिजयी भएकी छन् । रञ्जिता मल्ल ४ हजार ४ सय ९६ मत प्राप्त गरी महिला सचिबमा बिजयी भएकी छन् भने प्रसुना कंडेल ३ हजार ३ सय ८५ मतसहित महिला संयोजकमा बिजयी भएकी छन् ।

डेढ दशकको इतिहासमा पहिलोपटक गुरुङ निर्वाचित भएकी हुन् । उनले निर्वाचित भएपछि सामूहिक लगानी कोषको निर्माण गर्ने,ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रवर्धन गर्ने, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास गर्ने,नेपालका स्वस्थ्य चौकी र हस्पिटलहरुमा टेलिमेडिसिनको व्यवस्था गर्ने, बेलायतमा नेपाली व्यापार र उद्यमशिलताको प्रवर्धन गर्ने लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

गुरुङ १७ वर्षदेखि बेलायतमा सक्रिय छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: