आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले


प्रकाशित मिति :2019-09-21 22:21:04

-महिला खबर-

ललितपुर । अभियन्ता तथा लेखक अमृता लम्सालको पहिलो पुस्तक ‘हजुरआमाका कथा’ विमोचन भएको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच उनको पुस्तक विमोचन भएको हो ।

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै अभियन्ता भारती सिलवाल गिरीले नेपाली महिलाको इतिहास नै नलेखिएकोरनभेटिएको अवस्थामा ‘हजुरआमाका कथा’ ले त्यो अपूर्णतालाई पूरा गर्ने बताइन् ।

६ दशक अघिको नेपाली समाजमा महिलाको अवस्था कस्तो थियो भन्ने कुरालाई पुस्तकले जस्ताको तस्तै उतारेको मानवशास्त्री डा. डम्बर चेम्जोङले बताए ।

अक्षर क्रिएसन्सले पुस्तक प्रकाशन गरेको हो ।

प्रकाशन संस्थाकी अर्चना थापाले आफूहरूले महिलाका लेखन कर्मलाई प्रकाशनमा ल्याउन काम गरिरहेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: