भीमेश्वर अब बालमैत्री नगर


प्रकाशित मिति :2019-09-16 11:10:30

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका आईतबारबाट बालमैत्री नगरपालिका बनेको छ ।

भीमेश्वर नगरपालिकाले बालबालिकाको जन्म तथा मृत्यु दर्ता, खोपको सबै चरणको सुनिश्चितता, बिद्यालयमा छात्रा शौचालयको अलग ब्यवस्था, आधारभूत तहको शिक्षामा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रकृयामा बालबालिकाको सहभागिता लगायतका ३९ वटा सूचक पूरा भएपछि भीमेश्वर नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको नगरप्रमुख भरतबहादुर केसीले बताए ।

३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरेका थिए भने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगरप्रमुख भरतबहादुर केसीलाई प्रमाणपत्र प्रदान गरे ।

प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख केसीले व्यवहारीक रुपमा सूचकहरुको पालना र कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसको लागि सम्पूर्ण नगरवासिले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बाल विकास र संरक्षण सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै त्यसमा स्थानीय जनप्रतिनिधिहरुको सहयोग र भूमिका महत्वपूर्ण हुने बताए।

सरकारले २०६८ सालमा बालमैत्री स्थानिय शासन रणनीति बनाएको थियो भने त्यसै बर्ष बालमैत्री स्थानिय शासन कार्यविधि २०६८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियो । भीमेश्वर नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछि नेपालमा बालमैत्री नगरपालिका घोषणा भएको संख्या चार पुगेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: