सञ्चारिकाका पहिलो अध्यक्ष राणा र निवर्तमान अध्यक्ष शर्मा सम्मानित


प्रकाशित मिति :2019-09-12 20:43:21

-महिला खबर-

ललितपुर । सञ्चारिका समूहका पहिलो अध्यक्ष बन्दना राणालाई बधाई पत्र र निवर्तमान अध्यक्ष निर्मला शर्मालाई सम्मान पत्र प्रदान गरिएको छ ।

सञ्चारिका समूह नेपालको २३ औं वार्षिक साधारणसभाका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राणालाई बधाई पत्र र शर्मालाई सम्मान पत्र प्रदान गरे ।

संस्थाका पहिलो अध्यक्ष राणालाई सीड कमिटीको उपाध्यक्ष हुन सफल भएको भन्दै बधाई पत्र प्रदान गरिएको सञ्चारिकाकी अध्यक्ष नितु पण्डितले बताइन् ।

यस्तै निवर्तमान अध्यक्ष शर्माले सञ्चारिकाको विकासको लागि महत्वपूर्ण योगदान दिएकाले सम्मान पत्र प्रदान गरिएको पनि अध्यक्ष पण्डितले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: