सञ्चारिका समूहद्वारा चार पत्रकार पुरस्कृत


प्रकाशित मिति :2019-09-12 19:37:21

-महिला खबर-

ललितपुर । सञ्चारिका समूह नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थाको २३ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा पत्रकारलाई पुरस्कृत गरिएको हो ।

सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७५’ पत्रकारद्वारा हिमाल खबर पत्रिकामा कार्यरत रामु सापकोटा पुरस्कृत भए । हिमाल खबर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन ‘अक्सिटोसिन’ पनि’ फिचरका लागि सापकोटा पुरस्कृत भएका हुन् । पुरस्कारको राशि १५ हजार (पन्ध्र हजार) रुपैयाँ रहेको छ ।

‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार माधुरी महतो पुरस्कृत भइन् । पत्रकार महतो वीरगञ्जबाट बीबीसी नेपाली सेवामा कार्यरत छन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि प्रदान गरिन्छ । २०६६ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि रू. ७ हजार १ सय ११ रहेको छ ।

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७५’ बाट सुष्मा बराइली र पार्वती थापामगर पुरस्कृत भएका छन् । पत्रकार सुष्मा बराइली हिमाल खबरपत्रिकामा र पार्वती थापामगर हिमालय टाइम्समा कार्यरत छन् । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको सञ्चारिकाका अध्यक्ष नितु पण्डितले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिँदै सभामुख महराले अझ सशक्त र निष्पक्ष रुपमा समाजका कुराहरु लेख्न अनुरोध गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: