नवलपुरकी आशा एसिया बालिका अभियानको बालिका एम्बास्डर


प्रकाशित मिति :2019-09-10 11:42:49

महिला खबर

नवलपुर । नेपालको पहिलो बाल क्लव जागृति बाल क्लवकी अध्यक्ष आशा वि.क. एसिया बालिका अभियानको बालिका एम्बास्डर भएकी छन् ।

सन् २०१२ देखि प्रत्येक वर्ष ताईवानको द गार्डन होप फाउन्डेसनले ताईवान सरकारसँगको सहकार्यमा एसियामा एसिया बालिका अभियान र एसियनगल्स ह्युमन राईटस् अवार्ड प्रदान गर्दै आईरहेको छ । यसै अन्तर्गत आशाले एसियन बालिका एम्बास्डरको रुपमा छनौट भएकी छन् भने अवार्डको प्रतिस्पर्धाको लागि अक्टुबर ४ देखि ११ सम्महुने विशेष कार्यक्रममा भागलिन ताईवान जाँदैछिन् । उनले एसियाका अन्य किशोरीहरुसँग प्रतिस्पर्धा गर्ने्िछन् ।

जन ज्योति मावि देवचुली–१५ मा भर्खरै मात्र कक्षा १२ उतीर्ण गरेकी आशा कक्षा ६ देखि नै बालक्लव र किशोरीसँग सम्बन्धी गतिविधिमा सक्रिय थिइन् ।

कावासोती नगरपालिका ११ मा स्थाई घर भएकी वि .क . पारिवारिक र आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आफ्नो अध्ययन सँगै प्रशिक्षण, खेल, छलफल मार्फत किशोरी अधिकार संरक्षणमा क्रियाशील रहेकी छन् । उनको क्रियाशीलताकै कारण उनी बालिका एम्बास्डर हुन सफल भएकी हुन ।

विगत २ वर्षदेखि जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलानको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमबाट प्रशिक्षित भए पछि आफूले आत्मरक्षा, घर विद्यालयमा महिनावरी प्याडको निर्माण, किशोरी माथि हुने बलात्कार, बालविवाह यौन हिंसाबाट कसरी सुरक्षित रहने सन्दर्भमा आफ्ना साथीहरुलाई अभिमुखीकरण गर्दै आएको उनले बताईन ।

करिब २ हजार जना बालबालिका र किशोरीलाई आफूले जनचेतना मूलक तालिम दिएको बताउदै भविष्यमा किकबक्सिङ् खेलाडी मार्फत देशको सेवा गने लक्ष्य रहेको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: