पत्रकार थापा र खड्का सम्मानित


प्रकाशित मिति :2019-09-08 16:09:38

−महिला खबर−

ललितपुर । सन्चारिका समूहका केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र रेडियो नेपालमा कार्यरत पत्रकार गगनशीला खड्का सम्मानित भएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौँमा मानव बेचविखन तथा ओसारपसार विरूद्धको १३औं राष्ट्रिय मुल समारोह समितिद्वारा आयोजित समारोहमा उनीहरू सम्मानित भएका हुन् । सो अवसरमा मानव बेचविखन विरूद्ध समाचार, फोटोलगायत अन्य माध्यमबाट योगदान पुर्‍याउने पत्रकार, समाजसेवी सङ्घ संस्थालाई पुरस्कृत एवं सम्मानित गरेको हो ।

त्यस्तै सोही अवसरमा नुवाकोट जिल्लामा कार्यरत प्रहरी सहायक निरीक्षक सुकु तामाङ, पत्रकार सुसिल दर्नाल, मायालु लामा, सिविस नेपाल र आफन्त नेपाल संस्थालाई पनि मानव बेचविखन विरूद्ध पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

सन् २००२ मा राजधानीमा सम्पन्न सार्कको एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचविखन विरूद्ध सार्क महासन्धीलाई वि.स. २०६३ भदौ २० गते तत्कालिन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० नेपाल सरकारले मानव बेचविखन विरूद्धको राष्ट्रिय दिवस मनाउदै आएको छ ।

‘सरकारको प्रविद्धताःमानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता’ नारासहित आयोजित दिवसमा विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्वसहित र्‍याली निकालिएको थियो । विशाल जनसहभागितासहित भृकुटीमण्डपबाट निस्किएको र्‍याली टुँडिखेल परिक्रमा गरी राष्ट्रिय सभागृहमा सभामा परिणत भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: