महिला तथा बालबालिकाको स्वास्थ्य सुधारको लागि विशेष अभियान


प्रकाशित मिति :2019-09-08 15:58:31

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारको लागि घरघरको चुलोलाई धुँवा मुक्त, सम्पूर्ण बालबालिकाहरुलाई खोपयुक्त भन्ने नारासहित विशेष अभियान सुरु गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम मार्फत सञ्चालन गरिएको अभियान उपलब्धि मूलक रहेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । बालबालिका भोलिको भविष्य भएको र बालबालिकाको बृत्ति विकासमा महिलाहरुको भूमिका अहम हुने कुरालाई मध्यनजर गर्दै गाँउपालिकाले घरघरको चुलोलाई धुँवा मुक्त, सम्पूर्ण बालबालिकाहरुलाई खोपयुक्त भन्ने नारा सहित विशेष अभियान सुर गरेको अध्यक्ष दुलालको भनाई छ ।

अभियान अन्र्तगत गाउँपालिकाभित्र रहेका सबै बालबालिकालाई निश्चित उमेरसम्म लगाउनु पर्ने सबै खाले खोप लगाउने वातावरण बनाउन गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीसम्म पुर्याउन विशेष पहल गरिएको गाउँपालिकाले जनाएको छ ।

गर्भवती महिलाहरुलाई चार पटक खोप लगाउन आउदा प्रत्यक पटक एक क्रेटका दरले अण्डा दिने गरेको र यसले गर्भवती जाँच र गर्भवती अवस्थामा खोप लगाउन आउने महिलाहरुको संख्यामा उल्लेख्य बृद्धि भएको गाउँपालिकाका प्रवक्ता हिराकुमार थोकरले बताए ।
त्यसरी खोप लगाउन आउदा बालबालिकालाई निश्चित उमेरसम्म बिभिन्न खोप लगाउनुपर्ने बारेमा समेत जानकारी गराएर पठाउने गरिएको प्रवक्ता थोकरको भनाई छ ।

यस्तै गाउँपालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई हरेक वर्ष दशै खर्चबापत ५ हजार रुपैयाँ गाउँपालिकाले दिदै आएको र उनीहरुले गाउँ गाउँमा
पुगेर बालबालिकाहरुलाई लगाउनु पर्ने खोपको बारेमा जानकारी दिने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका २० वटा स्वास्थ्य आमा समूहलाई ३ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा जुठेल्ना सुधार कार्यक्रम अन्र्तगत एक हजार लिटरको प्लास्टीकको पानी ट्याङ्की समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यसले सरसफाईमा सहयोग पुग्ने र महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष दुलालको भनाइ छ ।

शैलुङ गाउँपालिकामा झण्डै ४ हजार बालबालिका रहेकोमा ९९ प्रतिशत बालबालिकाहरुले नियमीत खोप लगाउने गरेको अध्यक्ष भरत दुलालले बताए । केहि बालबालिकाका अभिभावकहरुमा खोप लगाउदा राम्रो नहुने धार्मिक अन्धविश्वास रहेकोले उनीहरुलाई सम्झाई बुझाई गर्ने काममा महिला स्वास्थ्य स्वयमसेवीका, जनप्रतिनिधि र स्वास्थ्य कार्यकर्ताहरु सक्रिय रहेको अध्यक्ष दुलाल बताउँछन् ।

विशेषगरी ग्रामीण क्षेत्रमा चुला चौकाको काम महिलाहरुले नै गर्ने र चुलाबाट निस्कने धुँवाले महिलाहरुमा धेरै प्रकारका रोगहरु लाग्ने भएकोले घरघरको चुलोलाई धुँवा मुक्त अभियान समेत सुरु गरिएको दुलालले बताए ।

अभियान अन्र्तगत अहिले गाउँपालिकाको आठ वटा वडाका झण्डै ५० प्रतिशत घरहरुमा धुँवा रहित चुलो निर्माण सुरु भएको छ । भुकम्पपछि झण्डै ८ हजार घरधुरी रहेको शैलुङ गाँउपालिकाको करिब ३ हजार घरमा धुँवा रहित चुलो जडान गरिसकेको अध्यक्ष दुलालले बताए ।

धुँवारहित चुलो जडानको लागि घर धनिले माटो लगायतका स्थानिय सामग्री उपलब्ध गराउनु पर्ने र दक्ष जनशक्ति सहित बाँकी कुराहरु हिमालयन बैकल्पीक उर्जा प्रबद्धन केन्द्रले उपलब्ध गराई दिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले हिमालयन बैकल्पीक उर्जा प्रबद्धन केन्द्रलाई एउटा चुलो बनाएबापत २० देखि ३० प्रतिशतसम्म सहयोग गरेको अध्यक्ष दुलालले बताए ।

पुनर्निर्माणको काम सकिएको एक वर्षभित्र गाँउपालिकाको सबै घरमा धुँवा रहित चुलो जडान गरिसक्ने गाँउपालिकाको लक्ष्य रहेको छ । शैलुङ गाँउपालिकामा अहिले पुर्ननिर्माणको काम ७० प्रतिशत सकिएको प्रवक्ता हिरा थोकरले बताए ।

तस्विरः जुठेल्ना सुधार कार्यक्रम अन्र्तगत प्राप्त प्लास्टीको पानी ट्याङ लादै महिलाहरु

    Comment Here!

Related NEWS
मुख्य खबर

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला

-महिला खबर- ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: