पत्रकार भण्डारी “रोज बहिनी अग्रज नारी रत्न पुरस्कार”बाट सम्मानित


प्रकाशित मिति :2019-09-08 15:31:56

-महिला खबर-

ललितपुर । पत्रकार बिमला भण्डारी यस बर्षको “रोज बहिनी अग्रज नारी रत्न पुरस्कार–२०७६” सम्मानित भएकी छन् । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६ का स्टेसन म्यानेजर भण्डारीलाई गण्डकी प्रदेशमा रहेर पत्रकारीता क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।

सम्मान ग्रहण पश्चात् कार्यक्रममा बोल्दै पत्रकार भण्डारीले यो सम्मानले अझ जिम्मेवारीसँगै इमान्दार भएर लागि पर्न हौसला प्रदान गरेको बताइन् ।

कार्यक्रममा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गण्डकी प्रदेश भित्रका विभिन्न क्षेत्रका महिलाहरुलाई पनि रोज बहिनी अग्रज नारी रत्न पुरस्कार–२०७६ बाट सम्मान गरिएको थियो ।

रोज बहिनी अग्रज नारी रत्न पुरस्कार–२०७६ बाट शिक्षाविद् एलीयाम्मा जोन, अग्रज पर्यटन व्यवसायी लक्की कार्की, बरिष्ठ सौन्दर्यविद् चिनु गुरुङ, उद्यमी रामकली खड्का, गोमा ढकाल, समाजसेवी एवं नेता माया बराल र संस्थाको गण्डकी प्रदेश संयोजक देबी कार्कीलाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशका किशोरी बहिनीहरुलाई लक्षित गरी ‘रोज बहिनी महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा र सुरक्षामा समर्पित’ रोज बहिनी सृजनशिल महिला समाजको रोज बहिनी विद्यालय स्वास्थ्य परियोजना अन्तर्गत निशुल्क सेनेटरी प्याड वितरण गरिएको थियो ।

कार्यक्रममा भारत उत्तर प्रदेश माहमण्डल देश भारतीको क्षेत्रीय बैद्धीक प्रमुख साथै भारतीय कोर्फ क्लबका पुर्व कप्तान रिना सिंह र डा. निर्मला सिंहबाट किशोरी स्वास्थ्य शिक्षासँगै आत्मनिर्भरता, आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम पनि संचालन गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका विभिन्न विद्यालयका हजारौँ किशोरीहरुको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: