तेजाब


प्रकाशित मिति :2019-09-08 15:40:10

-अञ्जु स्मारिका-

प्रेमको खोल ओढेर गरिएका
अपराधहरु अपराध जस्तै लाग्दैनन
सोचाईको सगरमाथा ढल्यो
म केहि बोलिन
बिचारको बलत्कार भयो
म केही बोलिन
बैशका फुलहरु फक्रन नपाई चुडिएँ
म केही बोलिन
बौद्धिक बौलाहाहरु आएर
नैतिकताको नितम्ब निचोरिदिए
योनाङ्गको आकार चिरफार गरिदिए
म केही बोलिन ।

सुनियोजित ढङ्गले गरिएका चरित्रहत्या
हत्या जस्तै लाग्दो रहेनछ
पोथी बास्न हुन्न भनियो मैले बास्न बिर्सिदिए
ठूलो स्वर गर्न हुन्न भनियो
मैले पिडामा चिच्याएर रुन बिर्सिदिए
सस्कारको घर बलियो बनाउने चक्करमा
आफ्नै मनको दलिन धस्किएको हेक्का राखिन
र राखिन सहनशीलताको कुनै हिसाबकिताब ।

सहेपछी देखिन्छ भन्ने उखान
अग्निमा होमिएर नस्ट भयो
र पनि म चुपचाप लाटो, बहिरो, अन्धो
एकैपटक सबथोक बने
र बने सहिदको शालिक, मन्दिरको मुर्ती
पसलको डमि, आदि त्यादी निर्जिब प्राय ।

र पनि परिक्षाको घडी नसकिने निश्चित भएपछी
बोलिमा आगो ओकल्दै
हासोमा आक्रोश समेट्दै
समयलाई औजार बनाएर
समयकै सामुन्य मलाई
केही ब्यक्तिहरुको ब्यक्तित्व चिरहरण गर्नुछ
र छर्किनुछ मुहारभरी बिचारको तेजाब
एकपटक मात्र एकपटक !!
मलाई छर्किनुछ मानबताको तेजाब
तिम्रो शरीरभरी !!

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: