मानव बेचबिखन विरुद्ध राष्ट्रिय सञ्जालको संयोजकमा चरिमाया तामाङ


प्रकाशित मिति :2019-09-06 14:18:26

-महिला खबर-

ललितपुर । बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेलाले चरिमाया तामाङको नेतृत्वमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय सञ्जाल घोषणा गरेको छ ।

शुक्रबार सम्पन्न भेलाले सातै प्रदेशका बेचबिखन प्रभावितहरुको सहभागितामा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको हो ।

बेचबिखन प्रभावितहरुको राष्ट्रिय सन्जालले प्रदेशस्तरीय सन्जालहरु पनि गठन गर्दै जाने भेलाले निर्णय गरेको छ । मानव बेचबिखनबाट प्रभावितहरु आफैंले गठन गरेको यो पहिलो राष्ट्रिय सन्जाल हो ।

बेचबिखन प्रभावित व्यक्तिहरुको पहिलो राष्ट्रिय सञ्जालको केन्द्रीय सचिवालय शक्ति समूहमा रहने भेलाले घोषणा गरेको छ । शक्ति समूह बेचबिखन प्रभावितहरुमात्रले सन्चालन गरेको विश्वकै पहिलो संस्था हो ।

बेचबिखन प्रभावितहरुको राष्ट्रय सञ्जालकी अध्यक्ष चरिमाया तामाङ शक्ति समूहकी संस्थापक समेत हुन् ।

२०५६ सालमा भारतबाट उद्दार भएर नेपाल आएदेखि उनी निरन्तर बेचबिखन विरुद्धको अभियानमा छिन् । चरिमायालाई बेचबिखन विरुको अभियानमा उत्कृष्ट काम गरे बापत अमेरिकी विदेशमन्त्रालयले टिप हिरोको सम्मान समेत दिएको छ ।

विशेष गरि बेचबिखन प्रभावितहरुको राष्ट्रिय सञ्जालले कानुनी पैरवी, पुनर्स्थापना लबिङ र स्थनीय सरकारमा पहुँचको कुरालाई मुख्य विषयबस्तु बनाउनेछ । यसका साथै बेचबिखनमा परेकाहरुको उद्दार तथा स्वदेश फिर्तीका लागि राज्यलाई मुख्य पहलकर्ताको रुपमा दबाब दिने काम पनि सञ्जालले गर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: