हाम्रो विचारले तिम्रो असमानताको संस्कार बगाउँदैछ


प्रकाशित मिति :2019-09-06 12:16:02

पानी बहनु, हावा चल्नु
कसैको टाउको दुखाइ हुँदैन
तर, हाम्रा इच्छा चाहना बहनुमा
तिम्रै शब्दको उत्ताउलोपनाको छालले
तिम्रो सभ्यतालाई छोप्नसक्छ
तिमी पानी बहनुलाई प्राकृतिक ठान्छौं
तर मेरो विचारको बहावलाई
नितान्त उच्छृङ्खल

सुनिता मैनाली-

बहनु हामी बाँच्नु हो
हाम्रो विचारको चहलपहल पनि हामी बाँच्नु नै
हाम्रा आमाहरु बाँच्न पाएनन् मानव भएर
हाम्रा दिदीहरु बाँच्न पाएनन् मानव भएर
अब हामी बाँच्न चाहन्छौँ
हाम्रो बाँच्ने कुरो तिमीलाई अनौठो लाग्न सक्छ
सायद तिम्रो कथित सभ्यतालाई हाम्रो विचारको बाढीले
बगाउने डर होला
हामीले जन्माउँदै गरेको समानताको संस्कृतिले
मायाको नाममा हाम्रो शरीर र विचारमाथिको स्वतन्त्रामा धावा बोल्ने
तिम्रो कथित संस्कारलाई हाम्रो ममताको भेलले
सताउने डर होला

ठाउँठाउँमा ठूला ठूला बाँधहरु आविश्कार गरी
तिमीले थुन्न राखेको हाम्रो विचारको सागर
दबिएका कणहरुको राप र चापले
बिस्फोट हुँदैछ भन्ने चिन्तामा छौ तिमी
त्यसैले त तिमी हाम्रो बहेका चाहनालाई प्राकृतिक ठान्दैनौ
हाम्रो अस्तित्वलाई मान्दै मान्दैनौ

हामी अस्तित्वको सम्मान गर्छौं विश्वास गर्छौं
किनकी हामी प्रकृतिको सम्मान गर्छौं
हामी समानतामा विश्वास गर्छौं
त्यसैले त बहन चाहन्छौं उड्न चाहन्छौं
र, तिम्रो अस्तित्वको पनि सम्मान गर्छौं

हाम्रो बहावले तिम्रो अस्तित्वलाई होइन
तिम्रो असमानताको संस्कारलाइ मात्र बगाउँदैछ
अनि, तिम्रो अहङ्कार र गैर प्राकृतिक विचारधारालाई बगाउँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: