छोरीलाई बंश स्विकार्ने दम्पती सम्मानित


प्रकाशित मिति :2019-09-04 11:47:50

-सत्यराज सिंह-

बझाङ । जिल्ला समन्वय समितीको समन्वयमा प्रतिनिधी सभा सदस्य आशा बिकको पहलमा जिल्लाका छोरीलाई बंशको रुपमा स्वीकार गर्ने दम्पतीहरुलाई सम्मान गरेको छ । सदरमुकाम चैनपुरमा बझाङका आठ दम्पतीलाई छोरीलाई मात्र सन्तानको रुपमा लिएको भन्दै सम्मान गरिएको हो ।

दुर्गाथली गाउँपालिकाका गिरी जप्रेल र डल्ली देबी जप्रेल, छबिसपाथीभेरा गाउँपालिकाका दमन भण्डारी र प्रमिला भण्डारी, जयपृथ्बी नगरपालिकाका कलक ओली र धौली देबी ओली, साईपाल गाउँपालिकाका बलभान बिक र खिउटी देबी बिक, मष्टा गाउँपालिकाका राम सिगें आग्री र पदमकला आग्री र जयपृथ्बी नगरपालिका ऐन बहादुर सिंह र डम्मरादेबी सिहं रहेका छन् ।

वडा अध्यक्ष समेत रहेका कलक ओलीले लगातार ३ छोरी भई सकेपछि आफूले छोरीलाई पनि छोरा जस्तै मानेर छोराको आश नगरी परिबार नियोजन गरेको बताए ।

अर्का गिरी जप्रेल, दमन भण्डारी, कुलगिरी धामी बलमान बिक, रामसिहं आग्री र ऐन बहादुर सिंहले पनि एक दुई वटा छोरी पाएपछि परिवार नियोजन गरेर छोरीलाई छोरा सरह मान्दै आएका छन् ।

बझाङको सामाजिक मुल्य मान्यता अनुरुप छोरा नभए अपुताली पर्यो भन्ने र छोरीलाई सन्तानको रुपमा स्वीकार नगर्ने र पराई घर जाने जात त होनी भनेर हेला गर्ने मान्यतालाई तोड्दै छोरीलाई छोरासरह मानेर लैगिंक बिभेदलाई हटाउन सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको प्रतिनिधी सभा सदस्य आसा बिकले बताइन् ।

उनले भनिन्, ‘छोरा नहुँदा पनि श्रृष्टी चल्दैन । तर छोरीमा नै सन्तुष्टी लिएर सन्तानको रहर पुरा हुनु महत्वपूर्ण कुरा हो । यसले छोरीहरुको पनि सम्मान बढ्छ भने लैङ्गिक बिभेद पनि बिस्तारै हट्दै जान्छ । छोरी पनि छोरा सरह नै हो भन्ने कुराको बारेमा संस्कार बसाल्न यसले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।’

तीजको अवसर पारेर गरिएको यो कार्यक्रमले लैङ्गिक असमानता हटाउन पनि थप टेवा मिलेको छ ।

सम्मान कार्यक्रममा प्रतिनिधी सभा सदस्य आसा बिक, संविधान सभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय प्रमुख खडक खड्का लगायतका नेताहरुले दोसल्ला, प्रमाण पत्रसहित सम्मान गरेका थिए ।

‘छोरीलाई सन्तानको रुपमा छोरीको अस्तित्व नहुने र छोरा भए मात्र पुण्य कमाईन्छ भन्ने मान्यताले मलाई पनि दोस्रो बिहे गरेर छोरा जन्माउनु पर्छ भन्ने बाध्यता आएको थियो । तर मैले त्यो गरिन’ कैलासका शिक्षक ऐन बहादुर सिंहले भने, ‘श्रीमतीको पनि स्वास्थ्य अबस्था कमजोर थियो । दुई छोरी भएपछि परिवार नियोजन गरिदिए ।’

सम्मान कार्यक्रमले छोरी हुँदा सन्तुष्टी हुने दम्पतीलाई सम्मान भएको छ भने महिलाहरुलाई आत्मबल पुगेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुकुम घटनाः बिर्सिएकी एक किशोरी

-मञ्जु मिश्र- ‘त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्‍यो

दाइजोको निहुँमा आठ महिनाकी गर्भवतीको हत्या, प्रहरीले किटानी जाहेरी दर्ता गरेन

–महिला खबर– रेखादेवीका दाइ रोशनका अनुसार २० लाख खर्चेर गरिएको विवाहमा खेत बेचेर ११ लाख दाइजो

पश्चिम रुकुम घटनाको अध्ययन गर्न छानबिन समिति गठन

ललितपुर । सरकारले पश्चिम रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

मर्यादित महिनावारी सम्बन्धमा वेबिनार

मर्यादित महिनावारी मूलप्रवाहीकरण गर्न मन्त्रालयले सम्पूर्ण सरोकारवालालाई अपिलसमेत गरेको छ ।

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: