तामाकोसीका महिला पशुपालनमा आकर्षित


प्रकाशित मिति :2019-09-04 11:30:47

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाका गृहिणी महिलाहरु अहिले पशुपालन व्यवसायमा सक्रिय बनेका छन् । यो व्यवसायबाट घर खर्चमात्र नभै अन्य कुरामा समेत राम्रो सहयोग पुगेको महिलाहरुको भनाइ छ ।

दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेको देवीका भण्डारीले पशुपालन व्यवसाय सुरु गरेको दुई – तीन बर्ष भएको छ । पछिल्लो समय झण्डै सात लाख रुपैयाँ लगानि गरेर सात वटा गाई पालन गरेकी देवकी दैनिक ५० लिटरसम्म दूध बिक्री गर्ने गरेको बताउँछिन् । उनको आम्दानी मासिक एक लाख रुपैयाँँसम्म हुने गरेको छ । पशुपालन व्यवसायबाटै पाँच जनाको परिवारको पालन पोषण हुदै आएको देवकी बताउछिन् ।

जफेकै दीर्घमाया भुजेलले पनि पशुपालन व्यवसायसंगै कुखुरा पालन समेत सुरु गरेकी छन् । भर्खरै व्यवसायीक रुपमा पशुपालन सुरु गरेकी दीर्घमायासंग अहिले एउटा गाई र एउटा छन् । दूध बिक्रीबाट मासिक १५ हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् । कुखुरा पालन व्यवसायसमेत भएकोले दीर्घमायाको मासिक आम्दानी ८०-९० हजारसम्म पुग्ने गरेको छ ।

जफेमा पशुपालन व्यवसाय तर्फ किसानहरुको आकर्षण देखिएपछि तामाकोसी गाउँपालिकाले समेत सहयोग गरेको छ । दुग्ध सङ्कलन केन्द्रको लागि भवन निर्माण गर्न तामाकोसी गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्था दुग्ध तथा कृषि उपज सङ्कलन केन्द्रलाई ११ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए ।

२३ लाख ७६ हजार चार सय १९ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको उक्त भवनको लागि सर्भ परियोजना अन्र्तगत मर्सिकोर नेपालले ग्रामणि उद्यम विकास केन्द्र (आरईडिसी) मार्फत नौ लाख २६ हजार पाँच सय ५६ रुपैयाँ सहयोग गरेको र तीन लाख ४९ हजार आठ सय ६२ रुपैयाँ जनसहभागिता जुटेको ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी) दोलखाका कार्यकारी निर्देशक सुमन उप्रेतीले बताए ।

आरईडिसीले मर्सिकोर नेपाल र एलआरसीको सहयोगमा आठ लाख बराबरको दुग्ध चिस्यान उपकरण र फ्याट तथा दुग्ध एनलाईसेस उपकरण दुग्ध तथा कृषि उपज सङ्कलन केन्द्रलाई उपलब्ध गराएको आरईडीसीका कार्यकार निर्देशक उप्रेतीले बताए ।

सदरमुकाम चरिकोटमा रहेको दोलखा दुग्ध उद्योगमा अहिले तामाकोसी गाउँपालिकाबाट दैनिक तीन सय लिटर दूध सङ्कलन हुने गरेको छ । पशुपालन व्यवसायको लागि तामाकोसी गाउँपालिका र आरईडिसीले समेत सहयोग गरेकोले अब दोलखा दुग्ध उद्योगलाई दैनिक पाँच सय लिटरसम्म दूध उपलब्ध गराउन सकिने दुग्ध उत्पादक सहकारी संस्था जफेका अध्यक्ष मेघराज पोखरेल बताउँछन् । आरईडिसीले मर्सिकोरको सहयोगमा जफेका १० जना किसानहरुको लागि गाई भैसी खरीद गर्न प्रति किसान १५ हजार रुपैयाँ समेत सहयोग गरेको संस्थाका अध्यक्ष पोखरेलले बताए ।

तस्विरः जफेमा रहेको दुग्ध सङ्कलन केन्द्र

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: