सुत्केरीलाई घ्यू, अण्डा र दाल


प्रकाशित मिति :2019-09-01 12:37:55

-रमेश के सी-

बझाङ । छविस पाथिभेरा गाउँपालिकाले पैचालिस दिनभित्रका सुत्केरी महिलालाई दुई किलो घ्यू, एक क्यारेट अण्डा र दुई किलो दाल वितरण गरेको छ । पोषणका हिसाबले जोखिम युक्त मानिएको छविस पाथिभेरा गाउँपालिकाले “उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम” संचालन अन्तरगत उक्त सामान बितरण गरेको हो ।

सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनको लागि गाउँपालिका भरिका महिलाको खानपानको शैली परिर्वतन गर्नका लागी यो कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष राधिका कुमारी रताला जोशीले बताईन् ।

गाउँमा प्रशस्त सिचाईको सुविधा र जग्गा जमिन हुँदा पनि यहाँका सुत्केरी महिलाले पोषण युक्त खाना नखाने र जसका कारण गाउँपालिकाको पोषणको अवस्था नाजुक बन्दै गएकोले उपाध्यक्षसंग सुत्केरी महिला कार्यक्रम अभियान थालिएको गाउँपालिका उपाध्यक्ष जोशीले बताईन् । उनले भनिन् ‘हामीसंग भएको चिजलाई उपयोग गर्न नजानेका कारण समस्यामा छौं । समय समयमा माछा मासु र मौसम अनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौं । यो अभियान कुपोषणका विरुद्धको हो ।’

गाउँपालिकाका प्राय सबै जसो मानिसहरु किसान भएर पनि परमम्परागत ढंगले खेतिपाती गर्ने भएका कारण आर्थिक अवस्था पनि सुधार हुन नसकेकोले यस्तो अवस्थामा सुत्केरी महिलामा पोषण युक्त खाने कुराको आवश्यक पर्ने भएकाले यो कार्यक्रमको थालनी गरेको उनले बताईन् ।

गाउँपालिकाले उपाध्यक्षसंग सुत्केरी महिला कार्यक्रम मार्फत सुत्केरी महिलाको पोषणको अवस्थामा सुधार ल्याउनको लागि घ्यू, दाल र अण्डा वितरण गरिरहेको उनले बताईन् ।

घ्यू, अण्डा, दाल खरिद तथा वितरण गर्नका लागी १ लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाई छ । ‘सानै रकम भए पनि यसले गाउंपालिकाका सबै सुत्केरी महिलाको स्वास्थ्यमा ठुलो परिर्वतन ल्याउने आसा हामीले लिएका छौ’ गाउँपालिका उपप्रमुख जोशीले भनिन्, ‘हामी भौगोलिक रुपमा विकट त छदैछौ । जनचेतनाका हिसाबले पनि पछाडि भएका कारण भएको श्रोतको उपयोग गर्न सकेका छैनौं । यो कार्यक्रमले छविस पाथिभेराले कुपोषित गाउँपालिकाको परिचय फेर्ने छ भन्ने विश्वास लिएका छौ ।’ कार्यक्रम मार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप घ्यू,अण्डा र दाल बितरण गरिएको उनले बताईन् ।

भविस्यमा सबैलाई व्यवसायीक किसान बनाउनका लागी यो कामको सुरुवात गरेको पनि उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: