नाबालक छोराछोरीसहित बेवारिसे भेटिएकी महिलाको उद्धार


प्रकाशित मिति :2019-09-01 12:25:53

-विष्णुप्रसाद पोखरेल-

दमक । झापाको दमकमा दुई नाबालकसहित बेवारिसे अवस्थामा भेटिएकी एक महिलालाई मंगलवार उद्धार गरिएको छ । १५ महिनाकी बिरामी नाबालिका, ४ बर्षको छोरोसहित आफ्नो उमेर थाहा नभएको बताउने महिलालाइ दमक नगरपालिकाले उद्धार गरेको हो ।

दीपा राजवंशी नाम बताउने अन्दाजी २० वर्षकी महिला दमक बजारमा एक घरको सिढीमा राती देखेपछि स्थानीय गीता शंकरले घरको गेटभित्र लगेर झुल र केही ओछ्याउने कपडा दिएर राखेकी थिइन् ।

रातको समयमा गलत नजर राखेर केही पुरुषले उनलाई पिछा गरेको महसुस गरेर आफूले राखेको र रातभर चिन्ताले नसुतेको शंकरले बताइन् ।

राजवंशीले आफू बिर्तामोडको बुढाथोकीको घरमा बसेको र त्यही बस्नेसंगै विवाह भएको बताइन् । एक महिना अघिदेखि श्रीमान् बेपत्ता भएकाले त्यो घरका मान्छेले आफूलाई पनि निस्केर जहाँ जान्छेस जा भनेपछि आफू यहाँ कसरी आइपुगेको भन्ने पनि थाहा नपाएको बताइन् । आफ्नो घर नै नभएको समेत उनको भनाइ छ ।

भोको पेट र सानो नानीसमेत बिरामी अवस्थामा रहेको पाइएकाले उनलाई थप केही पनि नसोधिएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

पीडामा रहेकी महिलालाई तत्काल नगरपालिकाको सेफ हाउसमा राखिने र बिरामी नानीहरुको दमक अस्पतालमा निशुल्क उपचारको बन्दोबस्त मिलाईएको पनि उनले जनाएकी छन् ।

“सानो उमेरकी महिला आफै बिक्षिप्त देखिएकाले धेरै कुरा सोधिखोजी गरेका छैनौ र तत्काल उद्धार गरेर राखिएको छ”, उनले भनिन् ।

लायन्स क्लव अफ गोल्डका अध्यक्ष काशि खाती, लायन्स क्लव अफ स्टर्न लायनका पुर्व अध्यक्ष बिमल शर्मा लगायतले यो थाहा पाएपछि उद्धारका लागि आवश्यक पहल शुरु गरेपछि नगरपालिका आफैले यसको जिम्मा लिएको जनाईएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले स्वास्थ्य जाँच गरेर आवश्यक परामर्श शुरु गरिएको जानकारी दिइन् ।

दमक नगरपालिकाले गत वर्षदेखि यस्ता महिलाहरुलाई अस्थाइ रुपमा राख्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: