मेरो डर तिम्रो स्वतन्त्रता ?


प्रकाशित मिति :2019-08-29 18:50:18

-संगिता भण्डारी-

मेरी हजुरआमा भन्नुहुन्थ्यो रे ‘साँच्चै यो दुनियाँ, यो संसार भनेको के चै रैछ ?’

हजुरबुबाले बडो शालिन तरिकाले हजुरआमालाई सम्झाउनु हुन्थ्यो रे –’यो घर , यो आँगन, यो खेतबारी, वनजंगल, अनि तिम्रो माईती यही त हो नि दुनियाँ अनि संसार ।’

हजुबुबाको जवाफ सुनेर हजुरआमा मख्ख हुनुभो । बरु उहाँले आफैलाई ‘मेरै अगाडि संसार रहेछ, मैले देख्नै सकिन बुद्दु नै रहेछु ।’ भन्नुभएको थियो रे ।

त्यो समय चुलो चौकोलाई संसार ठान्ने मेरी हजुरआमा मात्रै थिइनन् । उहाँ जस्ता धेरै महिला थिए । आज, त्यो समय केही फेरिएको छ ।

महिलाको संसार चुलो चौको होइन भन्ने बुझाइ बिस्तारै फैलिदै गयो । महिलाको पनि संसार फराकिलो छ भन्ने अनुभुती गराउने अभियान हाम्रा अगुवा महिलाहरुले शिक्षा प्राप्ती गर्ने आन्दोलनबाट अघि सारे ।

त्यो अभियान गाउँसम्म पुग्यो । छोरीहरुलाई पनि शिक्षित बनाउनु पर्छ भन्ने अभियान अघि बढ्यो । यही अभियान स्वरुप महिलाहरुले पढ्ने मौका पाए । परिवर्तन विगुल फुकेर नेपालमा भएका सामाजिक आन्दोलनको अग्र मोर्चा महिलाले सम्हाले ।

तिनै आन्दोलनको परिणाम, कानूनमै आरक्षणको व्यवस्था पनि गरेको छ । घुम्टो ओढ्ने हजुरआमा र घुम्टो भित्रै लुकिरहुन् भन्ने चाहने हजुरबुवाहरुको भन्दा आज हामी फरक रुप देख्छांै ।

चुलोचौकोलाई मात्र संसार ठान्ने अवस्था आज निकै कम छ । बाहिरबाट हेर्दा लाग्छ, सामाज परिवर्तन भईसकेको छ । सामाजले कोल्टे फेरिसकेको छ ।

आज हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ । विभिन्न क्षेत्रमा महिला सहभागिता बढेको छ । हाम्रो देशमा विकासको गति बढिरहेको छ । कानूनी रुपमा पनि महिला पक्षीय कानूनहरु बनेका छन् ।

तर, बिडम्बना ! छोरीहरु निर्धक्क आफ्नो संसार आफै फरकाकिलो बनाउने वातावरण अझै बनिसकेको छैन हिजो मेरो हजुरआमाको आँखामा घरभित्रको साँघुरो घेराले निम्त्याएको आँशु थियो । आज मेरी छोरीको आँखामा पनि आँशु देखिरहेको छु म । हिजो हजुरबाले हजुरआमालाई घुम्टो खोलेको बहानामा यातना दिन्थे । आज मेरी आमालाई घरबाट बाहिर निस्किएको निहुँमा कुटीएको छ । मेरा छोरीको पुस्ताले आफ्नो अधिकार प्राप्तीको माग राख्दा चरित्रहीनको संज्ञा पाएका छन् ।

एकपटक गहिरिएर सोचौं त, हिजो हजुरआमा चरित्रकै कारण कुटिएकी थिइन् । आज पनि मेरी छोरीको आँखामा आँशु चरित्रकै कारण आएको छ । विकास सडक बनेर मात्रै हुँदो रहेछ त ? अब तपाईं नै भन्नुस्, सोचाइमा परिवर्तन नभइ कहाँ हुँदो रहेछ त विकास ?

पहिले महिलाले भोगेको पीडाको तह फरक होला तर आजपनि महिलाको पीडाको स्तर घटेको छैन । मुख्य गरि उनको चरित्रसँग जोडिएको त पीडाका तहहरु पनि । महिलाको चरित्र मापन हुने कारण उनसँग भएको पाठेघर नै हो । मानव जगतको सिर्जनाको अलौकिक उर्वर भूमी हो महिलााके पाठेघर । तर, त्यही कारणले उनको चरित्र निर्धारण गरिनु कत्तिको जायज होला ?

एकपटक गहिरिएर सोचौं त, हिजो हजुरआमा चरित्रकै कारण कुटिएकी थिइन् । आज पनि मेरी छोरीको आँखामा आँशु चरित्रकै कारण आएको छ । विकास सडक बनेर मात्रै हुँदो रहेछ त ?

अर्को यथार्थमा जाउँ । महिला चरित्रहीन हुने मुख्य कारक पुरुष नै हुन् । जब एक वा अरु पुरुषसँग उनको नाम जोडिएर कुरा चल्छ तब भन्छन्, चरित्रहीन । महिला चरित्रहीन हुँदा त्यो पुरुष निर्दोष मानिन्छ हाम्रो समाजमा ?

वाह ! मेरो सामाज । त्यही काम पुरुषले गर्दा मर्द कहलिने अनि फसाइएका महिलाहरु चाहीँ चरित्रहीन ।

विकासका चर्का नारासहित भाषण ठोक्दै हिँड्ने महापुरुषहरुलाई पटक पटक प्रश्न गर्न मन लाग्छ मलाई, – जब एउटा काम गर्दा महिला भएकै कारण उसले अपमानित हुनुपर्छ अनि पुरुषले पुरुषत्वको गर्ब गर्दै हिँड्छ भने त्यसलाई त्यसलाई विकासको परिभाषामा कसरी समेट्ने ?

महिलालाई मनोरञ्जनको साधनका रुपमा बुझ्ने यो समाज खुलमखुल्ला महिलालाई वेश्या भन्छ । तर, पुरुषलाई वेश्या भनेर अपमाननित गर्न सक्दैन । यस्तो समाजमा मेरी छोरीले कसरी सुरक्षा महसुस गर्छे ?

महिलाको तथाकथित ‘चरित्र’लाई प्रगतीको ट्याग ठान्ने यो समाज छोरा घरबाट बाहिर निस्किँदा उजन्मजात अधिकार ठान्छ । छोरीको लागि भने घेराबन्दी लगाउँछ ।

म पटक पटक आफैलाई प्रश्न गर्छु, विकास के हो हँ ?

वाह ! मेरो सामाज । त्यही काम पुरुषले गर्दा मर्द कहलिने अनि फसाइएका महिलाहरु चाहीँ चरित्रहीन ।

हुन त विकासको विकसित परिभाषा विकासविद्हरुले गर्नुहोला । म भने आफ्नो प्रश्नको जवाफ आफैसँग खोज्छु, ‘महिलालाई संकुचित गर्ने अनावश्यक कुसंस्कार जीवित रहेसम्म हामी विकास भएको कसरी ठानौंला ?

छोरी घरबाट निस्किएपछि सकुशल घर फर्किली भन्ने ढुक्क हुन नसक्ने समाजमा बसेका हामी विकासको कुन चरणमा छौं हँ ? यी अवस्थाको दोषी को ? तपाईं, म वा हामी सबै ?

चरित्रहीन नारी होईन नारीलाई चरित्रहिन बनाउन बाध्य बनाउने पुरुषलाई चरित्रवान बनाउने समय आएको छ । हरेक अभिभावकले आफ्ना पुरुष सन्तानलाई चरित्रवान बनाउन ढिला हुनलागिसक्यो ।

म एकपटक पुरुष दाजुभाइलाई सोध्न चाहन्छु, तिमीले आफ्नै दिदीबहिनीलाई गरेझैं सम्मान एक अपरिचित महिलालाई गर्छौ ? यदि गर्दैनौं भने आजैबाट थालौं त, अनि समाज विकासको चरण यहीँबाट सुरु हुन्छ । किनकी, तिमी पनि यही समाजको मानव हौ । जो स्वतन्त्र हिँडिरहेका छौं । अनि तिम्रो आफ्नै छोरी, बहिनी, आमा, श्रीमती त्रासैत्रासमा हिँड्छे । तिमी स्वतन्त्र हुँदा उ डराउँछे भने तिमीले कसरी चैनको श्वास फेर्छौ भन त ! अन्तिममा मलाई यो पनि जवाफ देउ त, तिमी स्वतन्त्र हुँदा म किन त्रासमा हिँड्नुपर्ने ?

(लेखक अमरगढी नगरपालिकाका उपप्रमुख हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: