नर्सिङ लाइसेन्स परीक्षामा ३१ कलेजको नतिजा शून्य


प्रकाशित मिति :2019-08-28 12:30:16

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३१ वटा कलेजबाट सहभागी भएका सबै विद्यार्थी फेल भएका छन्।

काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षा एक वर्षमा तीन पटक लिने गरेको छ। तीमध्ये चैतमा र कात्तिकमा हुने परीक्षामा धेरै विद्यार्थी सहभागि हुन्छन् भने असारमा सहभागि हुनेको संख्या भने कम हुन्छ।

असारमा भएको परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजबाट एक हजार ५ सय १९ विद्यार्थी सहभागि थिए।

परीक्षामा सहभागि भएका विद्यार्थीमध्ये ६५ प्रतिशत फेल भएका छन्। जसमा ३१ वटा कलेजबाट सहभागि भएका सबै विद्यार्थी फेल भएका छन्। कुल सहभागिमध्ये ९ सय ७४ जना फेल भएका छन् भने १८ जना अनुपस्थित थिए। परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ।

काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् । यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ।

पछिल्लो समय नर्सिङको नतिजा कमजोर आउन थालेपछि यसको गुणस्तरका विषयमा बहस सुरु हुन थालेको छ।

यी हुन् काउन्सिलको परीक्षामा शुन्य नतिजा आएका कलेज

साभार : स्वास्थ्य खबरपत्रिका

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: