तीजलाई कर्पोरेट गर्नुपर्छ: सांसद, रामकुमारी झाँक्री


प्रकाशित मिति :2019-08-27 16:24:31

-महिला खबर-

ललितपुर । सांसद तथा युवा नेता रामकुमारी झाँक्रीले तीज पर्व सबै नेपालीको साझा पर्व बन्दै गएको बताएकी छन् । “तीज अब कुनै खास धर्म, खास क्षेत्र र खास जातीमा मात्रै सिमित भएन, यो पर्व नेपाली भाषीहरुको साझा बन्दै गएको छ” उनले भनिन् ।

काठमाडौंमा आयोजित “दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगिता”को समापन कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, “तीजलाई कर्पोरेट गर्नुपर्छ । तीजमा केही मानिसले राम्रो आम्दानी गरेका छन् । आर्थिक कृयाकलापमा बन्देज गर्न हुँदैन ।”

राज्यको अर्थ व्यवस्था अनुसार हरेक समाज चल्ने उनले बताइन् । पार्टी प्यालेसमा तीजको नाममा भोज भतेर गरे भनेर किन विरोध गर्ने रु झाँक्रीले प्रश्न गरिन, “यो महिलाहरुको सशक्तिकरण पनि हो भनेर किन बुझिन्न रुयही कार्यक्रममा आजैमात्र पनि ४ सय ८० जना छात्राहरुले स्वतन्त्रता र सीप विकास हुँदै सशक्त भएका छन् । यस्ता विषय किन उजागर गरिदैनन ?”

कार्यक्रममा बोल्दै झाँक्रीले कुनै पनि धर्म, संस्कृति र चाड पर्वहरु नकारात्मक नहुने बताइन् । तर धर्म, संस्कृती भित्रका नकारात्मक कुरालाई भने त्याग्दै जानुपर्ने उनको धारणा छ ।

झाँक्रीले धर्म, संस्कृती भित्रका राम्रा नराम्रा पक्ष बारे पनि बालबालिकालाई विद्यालयबाटै शिक्षा दिन जरुरी रहेको औंल्याइन । उनले विद्यालय संचालकलाई भनिन्, “तपाईंहरू कम्तिमा पनि राजपत्र विद्यालयमा पढाउनुस् । गलत आचरण र गतल ट्रेनलाई मोड्ने, आलोचनात्मक चेतना राख्ने अबका पुस्ता निर्माण गर्न तपाईहरुको ठूलो हात छ । आजैबाट आलोचनात्मक ढंगले सोच्न सक्ने विश्लेषण गर्न सक्ने बालबालिका बनाउनुस् । जसले जिम्मेवार, इमान्दार, ढंगबाट देश विकास गर्न सकोस् ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: