“गोल्डेन पिक तीज नृत्य प्रतियोगिता”को उपाधी नागार्जुन भ्याली एकेडेमीलाई


प्रकाशित मिति :2019-08-27 15:20:14

-महिला खबर-

ललितपुर । “दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगिता”को उपाधि नागार्जुन भ्याली एकेडेमी स्कुलले पाएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा भएको प्रतियोगितामा सृजना ज्ञानसागर स्कुल दोस्रो र कौशल ईङ्गलिस सेकेण्डरी स्कुल तेस्रो भएका छन् ।

चावहिलको सरस्वतीनगर स्थीत गोल्डेन पिक हाइ स्कुलले आयोजना गरेको “दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगिता”मा ब्राइट एञ्जलस स्कुल चौथो, एआइए स्कुल पाँचौ, अमृत आवासीय स्कुल छैठौं, प्याराडाइज रिडर्स स्कुल सातौं, हिमरश्मी हाईस्कुल आठौं, ग्रीनल्याण्ड स्कुल नवौं र नेरिक एकेडेमी दशौं भए ।

तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं हुनेलाई क्रमश नगद रु १५ हजार, १२ हजार ८ हजार र ५ हजार नगद राशीका साथ शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताका विजयीलाई कार्यक्रमका समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी सदस्य संघिय संसद नेपालकी माननीय रामकुमारी झाँक्री पुरस्कार, शिल्ड र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक छत्रमणी राइका अनुसार प्रतियोगितामा उपत्यकाका २९ स्कुलले भाग लिएको थिए । निर्णायक मण्डलमा खड्ग बुढा, रेखा कटुवाल र महेश गोदार रहेका थिए ।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका उपप्रमुख उपमेयर श्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले गरेकी थिइन् ।

आफ्नो कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुर्‍याउने उदेश्यले गोल्डेनपिक हाइस्कुलले बेलाबेलामा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको बिद्यालयकी निर्देशक कला राइले बताइन् ।

उपत्यका प्याव्सनका अध्यक्ष श्री थकिन कुमार गुरुङ्गले नेपालका हरेक संस्कार र संस्कृतिलाई राष्ट्रव्यापी र विश्व व्यापीकरण गर्न प्याव्सन र संस्थागत विद्यालयहरुले महत्वपूर्ण भुमिका खेलेको बताए ।

वरिष्ठ उपाध्यक्ष काठमाडौं प्याव्सनका राम के.सी.ले संस्थागत विद्यालयले हरेक वर्ष धेरै लगानी गरेर सँस्कृति जगेर्ना र राष्ट्रका विभिन्न संस्कृति, परम्परा जोगाउदै आएको जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष अर्जुन कुमार खत्रीले सम्पूर्ण विद्यालय र नृत्यांङ्गनाहरुलाई धन्यवाद व्यक्त गर्दै हरितालिका तीजको शुभकामना व्यक्त गरे ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना

सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: