काङ्ग्रेस नेता आरजु राणाको सहयोगमा रामजानकीलाई काठमाडौं ल्याइयो


प्रकाशित मिति :2019-08-27 14:56:43

–महिला खबर–

ललितपुर । जग्गा सिमाना विवादमा छिमेकीबाट कुटिएकी महिलालाई काङ्ग्रेस नेता आरजु राणाको सहयोगमा थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

धनगढीमा १५ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि कैलालीको लम्की चुहा नगरपालिका-८, गप्काकी २५ वर्षीया रामजानकी चौधरीलाई थप उपचारका लागि आइतबार हवाईजहाजबाट काठमाडौं ल्याइएको हो।

कुटपिटबाट उनको बायाँ हात र शरीरको एक भाग पुरै चल्दैन भने दायाँ हात पनि कमै चल्छ ।

उनलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका लागि राखिएको छिमेकी टंक देउवाले जानकारी दिए ।

कुटिएको ४० दिनसम्म घरमै बेहोस अवस्थामा बसेकी उनलाई धनगढीका अधिकारकर्मीको पहलमा साउन २६ गते धनगढीस्थित सेती अंचल अस्पतालमा लगिएको थियो ।

उनको उपचारका लागि स्वतन्त्र नागरिक समाज धनगढीले रकम संकलन अभियान नै चलाएको थियो । सो अभियानबाट ४४ हजार ४ सय रकम संकलन भएको अभियानकी संयोजक भूमि फुलाराले जानकारी दिइन् ।

रामजानकीको उपचारका लागि काठमाडौं ल्याउन कांग्रेस नेता आरजु राणा देउवाले हवाईजहाजको चार वटा टिकटको व्यवस्था गरेको ईश्वरा जोराले जानकारी दिइन् ।

यसैबीच देउवाले संघीय ईकाई प्रहरी प्रमुखलाई बोलाएर रामजानकीको मुद्दालाई गम्भीर रूपमा लिन सुझाएकी छन् ।

जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले उनलाई गत असार १७ गते कुटपिट गरेको बताइएको छ। रामजानकीलाई यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको पति तीर्थ चौधरीले जानकारी दिए ।

यमबहादुरको परिवार ‘जमिनदार’ हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: