उपसभामुख बीच अब भिडियो कुराकानी


प्रकाशित मिति :2019-08-23 15:00:29

–महिला खबर–

ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको छ । मंगलबार संसद सचिवालयमा प्रतिनिधि सभाका उप सभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिता सभाका उपाध्यक्ष शशिकला दाहालले ७ प्रदेशका उपसभामुखसँग भिडियो कन्फ्रेंसिंग गरि अनुभव साटासाट गरे ।

नेपालको संविधानमा संघीय संसद र प्रदेश संसद प्रशासनिक र संचालनको हिसाबले स्वतन्त्र र स्वायत्त छन् । हाम्रो संसदीय अभ्यासमा प्रतिनिधि सभा राष्ट्रिय सभाको अभ्यास र अनुभव भए पनि प्रदेश संसद संचालनको अनुभव छैन ।

औपचारिक रुपमा अन्तर सम्बन्ध नभए पनि उप-सभामुख र उपाध्यक्षले प्रदेश संसदका उपसभामुख सँग निरन्तर सम्बाद गर्दै आएका छन्। प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भौगोलिक रुपमा दुरी र समय अभावका कारण निरन्तर सम्बाद हुन नसकेको अवस्थामा भिडियो कन्फ्रेसिङ्गले सम्बाद सहज बनाउने बिश्वास ब्यक्त गरिन्।

संघीय संसद सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो ।

त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । यस प्रकारको सम्बादले प्रदेशसभा संचालनमा संघिय संसद्को अनुभवले सहयोग पुग्ने प्रदेश सभाका उपसभामुखहरुले बिश्वास ब्यक्त गरे।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: