पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए


प्रकाशित मिति :2019-08-23 14:49:14

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

यो बुधबारको घटना हो । सांसदहरूले तर्कवितर्क गरिरहेका बेला सभामुख ट्रेभर मालार्डले आफ्नो काखमा एक बच्चा राखेका थिए र उसलाई बोतलबाट दूध खुवाइरहेका थिए।

डेढ महिनाको ती बालक सत्तारूढ लेबर पार्टीकी सांसद तमाटी कोफीमा छोरा हुन्।

सांसद कोफी बच्चा समाएरै बहस गर्न थालेपछि सभामुखले आफूले बच्चा समाइदिने बताएका थिए।

सभामुख मालार्ड साँझ ट्वीट गर्दै सभामुखको कुर्सीमा प्रायस् जिम्मेवार अधिकारीमात्र बस्छन्। तर आज मसँग एकजना भिआइपी पनि कुर्सीमा बसे भन्दै फोटोसहितको ट्वीट गरेका छन्।

मालार्डले ती बच्चालाई दूध खुवाइरहेको भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओ अहिले भाइरल बनिरहेको छ। धेरैले उनको यो कामको तारिफ गरेका छन्।
मालार्डले दुई वर्षअघि संसदलाई बच्चामैत्री बनाउने कानुन पारित गराएका थिए।

अहिले दर्जन बढी सांसदहरू बच्चासहित संसद आउँछन्।

केही समयअघिमात्र न्युजिल्याण्ड प्रधानमन्त्रीले गर्भवती हुँदा विदा लिएकी ‍थिइन्। उनी प्रधानमन्त्री हुँदा बच्चा पाउने पाकिस्तानकी बेनेजिर भुट्टोपछिकी दोस्रो महिला हुन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: