अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर


प्रकाशित मिति :2019-08-23 14:11:53

–महिला खबर–

ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

सञ्चारिका समूह र महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीहरूमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र पेस गरिसकेका छन्।

ज्ञापनपत्रमा ‘राज्यको निर्णायक तह र पीडित एवं सीमान्तकृत महिलाहरुबीचको समन्वय गर्ने निकाय ओझेल पर्दा नेपाली महिलाहरूको न्यायको पहुँचमा पुग्न सकेका छैनन्। आयोगमा यथाशीघ्र योग्य पदाधिकारी नियुक्त गरिनुपर्छ’ उल्लेख गरिएको छ।

महिलाको हक, अधिकार तथा सशक्तिकरणको लागि काम गर्दै आएको संवैधानिक निकाय लामो समयसम्म पदाधिकारीविहीन हुँदा नीतिगत निर्णय हुन नसकेकोतर्फ समूहले ध्यानाकर्षण गराएको हो।

महिला आयोगमा नियुक्तिका लागि उमेर हद तोकिएकोप्रति पनि उनीहरूले असन्तुष्टि जनाए।

दबाब समूहकी अध्यक्ष सावित्री थापाले उमेर हद नतोक्न आग्रह समेत गरिन्। यस्तै सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले नियुक्ति प्रक्रियाका लागि दबाब जारी राखेको बताइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: