मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार


प्रकाशित मिति :2019-08-18 14:46:11

-टीएन कुँवर-

आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन । यो भनेको कथित सभ्य समाजको कलंक हो । भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष ४२ बिलियन डलर बराबरको कारोबार हुने गर्दछ । विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल रहेका छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो ।

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकाहरुलाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँदछन् । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ ।

अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ।

यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो ।

तसर्थ नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जुन कानून लागू गरेको छ त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले उचित न्याय पाउन नसक्ने अवस्था रहेको छ । त्यसको अन्त्यको लागि सरकारको क्षेत्रबाट मात्र होइन नागरिक तहबाट समेत आवाज उठाईनु पर्दछ । हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस संगठित अपराधको विरुद्ध सघन रुपमा आवाज बुलन्द पारौं र मानव बेचबिखन विरुद्ध शसक्त रुपमा लडौं ।

मानव बेचबिखनका कारणहरु

– स्थानीय स्तरमा अवसरको कमी र अशिक्षाले मानिसलाई बेचिने स्थितिमा ल्याइ पुर्याएको छ ।

– घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् ।

– हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन् ।

– आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन् ।

मानव बेचबिखनको अपराधमा रहेका मुख्य चुनौतिहरु

– मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदैछु भन्ने जानकारी हुँदैन ।

– मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच सुरुमा सहमति भएजस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने  जोखिम पनि रहन्छ ।

– लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् ।

-संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ ।

– बेच्ने गिरोहले बेचिनेलाई फरकरफरक लालच दिएका हुन्छन् ।

– गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू असफल हुँदै आएका छन् ।

– पीडितलाई हिजोजस्तो वेश्यालयमा नै पुर्यााउनुपर्छ भन्ने छैन । डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि बेचिन्छन् ।

– विवाह गरेको नाटक गरी विदेश पुर्याउने पनि गरिन्छ ।

– सरोगेट मदरको रुपमा पनि बेचिएका छन् ।

– छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएका छन् ।

– स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन् ।

– आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिएका छन् ।

– मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ । सबै सेटिंग संगठित जालोले पहिला नै तय गर्छ ।

– संगठित अपराधीसम्म अनुसन्धान पुग्न सकेको छैन ।

रोकथामका उपाय

– बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ ।

– विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्दछ ।

– पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ ।

– समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ ।

– रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ ।

– व्यक्तिगत तवरबाट आफु सचेत रहि परिवार र साथीहरू सवैलाई सचेतना फैलाउने,

– शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने,

– चोक, चौतारा पसालहरू समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं बहस सञ्चालन गर्ने लगायतका कार्यहरू गरिनु पर्दछ ।

– यसैगरी सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने,

– मानव बेचविखन विरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने,

– पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने,

– हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनस्र्थापनाका लागि क्रियाशिल रहने

– मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ ।

– एअरपोर्ट अध्यागमन तथा भारतीय सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानी प्रभावकारी बनाइनु पर्दछ ।

– अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु आवश्यक छ ।

– कानून कार्यान्वयनमा संलग्न अधिकारीहरुलाई यस अपराधको गम्भीरता बुझाउन अझै आवश्यक छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: